जेठ १४ गते सार्वजनिक बिदा

0
7

जेठ ७,२०८३ काठमाडौँ : सरकारले बकर इद -इद–उल–अजहा का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार यस वर्ष बकर इद जेठ १४ गते परेको जानकारी दिनुभयो ।

वि।सं। २०८२ मङ्सिर १६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते बिदा हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना पनि व्यक्त गरेको छ ।

SHARE