नक्कली नोट छाप्ने दुई जना उपकरणसहित पक्राउ

0
28

जेठ ९,२०८३ रुपन्दे्ही : जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नोट छाप्ने उपकरण कम्प्युटर र प्रिन्टरसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा केही नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ पर्नेहरुमा भारत ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेश बस्ने अब्दुल गफ्फरको छोरा ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं।११ मसिना बस्ने २२ वर्षीय बिक्की भन्ने अनिल पासी रहेका छन् ।

पक्राउ परेकाहरुबाट सबै नोटहरुमा एउटै नम्बर ङ २५ ०२४९१२ रहेको नक्कली नेपाली पाँच सय दरको नोट ३० थान, नेपाली रुपियाँ १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको अवस्थामा रहेका नक्कली नोट सात थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सिपीयु एक थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर एकथान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर एकथान, मोबाइल दुई थान र कैची एकथान लगायत कागजहरु बरामद भएको प्रहरीले जनाएको छ ।

SHARE