Thursday, June 4, 2026

गुल्मीका सात स्थानीय तहमा सार्वजनिक बिदा

0
कालीगण्डकी गाउँपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

फागुन १५,२०८१ गुल्मीः मगर दिवसका अवसरमा फागुन १५ गते गुल्मीका सात स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

दुई नगरसहित १२ स्थानीय तह रहेको गुल्मीमा सात वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको रेसुंगा नगपालिका,चन्द्रकोट, कालीगण्डकी,सत्यवती, गुल्मीदरबार, मालिका र छत्रकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

फागुन ११ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गाउँपालिकासहित वडा कार्यालयहरु, स्वास्थ्य संस्था,शिक्षण संस्थालगायत सङघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । विभिन्न जातजातीहरुको मौलिकता, संस्कृतिलाई संरक्षण गर्नु पालिकाको दायित्व भएको स्थानीय तहहरुले जनाएका छन् ।

अस्पतालमै अलपत्र आठ महिने शिशु

0

हुमाकान्त पोखरेल
फागुन १२,२०८१ गुल्मी : गुल्मी अस्पतालको बेड नम्बर चार । आठ महिने शिशुको मुखमा दमका बिरामीले लगाउने अक्सिजन माक्स । छेवैमा उनकी आमा । आमा सुमित्रा परियारले न त कान सुन्छिन्, न त बोल्न नै सक्छिन् । केही दिनदेखि गुल्मी अस्पताल जाने जो कोहीले बेड नम्बर ४ को बिरामीलाई नियालिरहेका छन् ।

यो दृष्य हो, गुल्मी अस्पतालभित्र आर्थिक अभावले अलपत्र एक शिशुको । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ छाप निवासी सुमित्रा परियार आठ महिनाकी सुत्केरी हुनुहुन्छ । उहाँको छोरा साहारा परियारलाई निमोनिया भएपछि छिमेकीले फागुन ९ गते गुल्मी अस्पताल ल्याए । १० गतेबाट अस्पतालले छोरालाई भर्ना लियो ।

भर्नापश्चात अस्पतालले चेकजाँजपछि बच्चालाई बुटबल रेफर ग¥यो । तर आर्थिक अभावले सुमित्राले छोरालाई बुटबल लैजान सक्नुभएको छैन । जसले गर्दा आर्थिक अभावले गुल्मी अस्पतालमै आठ महिने शिशु अलपत्र परेका छन् ।

अस्पतालकी डाक्टर विद्या पन्थी सुनारले बच्चालाई बढी मात्रामा नियोनिया भएकोले तुरुन्तै रेफर गर्नुपर्ने बताउनुभयो । ‘बढी मात्रामा निमोनिया देखिएको छ, बिरामीलाई आइसियु वा भेन्टिलेटरको आवश्यकता देखिएको छ ।’ उहाँले भन्नुभयो ।

बिरामीलाई जतिसक्दो छिटो सुविधासम्पन्न अस्पतालमा लैजान अस्पतालले सुझाव दिएको सुनारले बताउनुभयो । अहिले अस्पतालले सामाजिक सुरक्षा कोषबाट खाना र औषधीको व्यवस्था गरेको छ । तर रेफर हुने खर्च नहुँदा लैजान नसकिएको सावित्राका बुवा भेषबहादुर कामीले बताउनुभयो । ‘अलिअलि भएको पनि यही अस्पतालमा सकियो, छोरीका घरपरिवारले हेर्दैनन् ।’ उहाँले भन्नुभयो, ‘नातीको मुख हेरेर अस्पतालमै बस्नुबाहेक मेरो कुनै विकल्प छैन ।’

सावित्राको दुई बर्षअघि छापका काकु परियारसँग बिवाह भएको थियो । काकुका घरमा पनि बुवा, जेठो दाई र माइलो दाई पनि अपाङ्ग छन् । काकु पनि आफैमा अपाङ्ग छन् । विवाह भएको केही समयसम्म सम्बन्ध ठिकै रहेपनि अहिले घर परिवारले वास्ता नगरेका कारण सावित्रा माइतिकै सहारामा हुनुहुन्छ ।

बुवा भेषबहादुरले नातीको जिवन बचाइदिन सबैसँग आग्रह गर्नुभयो । बुटबलसम्म लैजाने र सामान्य औषधी गर्ने खर्च भए छोरी र नातीलाई जतिसक्दो बुटबल अस्पताल लैजाने चाहाना भएको उहाँले बताउनुभयो । रेफरपश्चात पनि बच्चाको उपचारमा लाग्ने रकम भने निश्चित भइसकेको छैन ।

खुदीखोला केन्द्रबिन्दु भएर भूकुम्प

0

फागुन १२,२०८१ः लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।

मर्स्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित खुदीखोला आसपास केन्द्रबिन्दु भएर ३ दशमलव १ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

होटल पौवामा महाशिवरात्री बिशेष कार्यक्रम हुँदै

0

फागुन १२,२०८१गुल्मी : होटल पौवा प्रालिले आफनो ग्राहकलाई लक्षित गरि महाशिवरात्री वर्ष मनाउने भएको छ ।

शिवरात्रीको प्रसाद, पौवाको स्वाद, संस्कृतिको संरक्षण, भजन किर्तनको उल्लास’ भन्ने नाराका साथ फागुन १४ गते महाशिवरात्रीको अवसरमा आफ्ना देशभरका १७ वटै शाखामा भजन किर्तनको उल्लासका साथ शिवरात्री उत्सव मनाउने भएको हो ।

सोही अवसरमा गुल्मी को रेसुङ्गा स्थित होटल पौवाले पनि यस वर्षको महाशिवरात्रीको दिन भजन किर्तन सहित विशेष कार्यक्रम गर्ने भएको छ । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गते बिहान पुजाआजा सहित दिउँसो १बजेदेखि विशेष भजन किर्तन तथा प्रसाद ग्रहणको कार्यक्रम आयोजना गरिएको होटल पौवा रेसुङ्गाका म्यानेजर प्रदीप घिमिरे जानकारी दिनुभयो । फागुन १४ गते शिवरात्रीका दिन भजन किर्तन तथा प्रसाद ग्रहण कार्यक्रममा सम्पूर्ण भक्तजनलाई समावेश हुन उहाँले आग्रहसमेत गर्नुभयो।

नेपाली संस्कृतिको संरक्षणमा टेवा पुर्याउँने उद्देश्यका साथ महाशिवरात्री पर्वको अवसरमा भजन किर्तनको साथै प्रसाद ग्रहणको आयोजना गर्न लागिएको हो । शिवरात्री नेपाली संस्कृतिसँग जोडिएको एक महक्तवपूर्ण चाड हो । हरेक पर्वको महत्व संस्कार र संस्कृतिसँग जोडिएको हुन्छ ।

नेपाली पहिचानसँग जोडिएका संस्कृतिको जगेर्ना गर्ने दायित्व हामी सबैको भएकाले यसको संरक्षणको लागि कार्यक्रम आयोजना गरिएको होटल पौवाले जनाएको छ ।

गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता बनाउने झण्डै दोब्वर

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
फागुन ४,२०८१ गुल्मी : गुल्मीमा नयाँ भन्दा प्रतिलिपी नागरिकता बनाउने झण्डै दोब्वर रहेको पाइएको छ ।

गत आइतबारदेखी शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक हप्तामा १२० जनाले नयाँ नागरिकता बनाउँदा १८३ जनाले प्रतिलिपि बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्ताको अवधिमा १२० जनाले नयाँ नागरिकता बनाउँदा १८३ जनाले प्रतिलिपि बनाएको बताउनुभयो ।

नागरिकहरुले नागरिकतालाई माया नगर्ने, जथाभावी फयाक्ने र सानातिना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउँने बढेको उहाँको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने गरेका कारण पनि अर्को रहेको गैरेले बताउनुभयो ।


गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता १२० , प्रतिलिपि १८३, वैवाहिक अंगिकृत नगरिकता दुई ,नावलक परिचयपत्र १३ ,राहदानीको आवेदन संकलन २०९, राहदानी वितरण २७३,राष्ट्रिय परिचयपत्रका लागि आवेदन ४५६, परिचयपत्र वितरण ४८८, संस्था दर्ता तथा नविकरण दुई र १२० दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

सोही अवधिमा राहदानीबाट एघार लाख ३० हजार रुपियाँ र संस्था नविकरणबाट १३ हजार पाँच सय गरि कुल ११ लाख ४३ हजार २५० रुपियाँ राजस्व सङकलन भएको गैरेले जानकारी दिनुभयो । न्यून जनशक्तिकाबीच पनि सेवाग्राहीहरुलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो ।

फेरी बढ्यो सुनको मूल्य

0

फागुन ५,२०८१काठमाडौं ः सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि बढेको छ।

आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

गुल्मीमा जेसिवीले फालेको ढुंगाले लाग्दा ८ वर्षिय बालिकाको मृत्यु

0

अनिल खत्री
फाुगन ४,२०८१ गुल्मी : गुल्मीमा जेसीबीले माथिबाट पल्टाको ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी टार निवासी ८ बर्षिय बिष्णु कुमालको जेसिवीले माथिबाट फालेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।

बालिका आइतबार बिहान स्कुल जानेक्रममा सडक माथीबाट पल्टीएको ढुंगाले लागेर गम्भीर घाइते भएकी थिइन । उनको समयमै उद्धार समेत हुन सकेको थिएन ।
गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएकोमा डक्टरले मृत घोषणा गरेका थिए । छल्दीबाट ठाढुंगा जानेबाटो श्रेष्ठ कन्टक्सन प्रालि तम्घासले तीन वर्ष अघिबाट निर्माणको काम गर्दै आएको छ ।

उक्त सडकमा निर्माणको काम पनि अत्यन्तै सुस्त गतिमा भइरहेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।

बाटो बिस्तारको क्रममा सडकबाट तल कुनै जानकारी नदिइ ढुंगा फाल्ने गरेको थियो । विद्यालय जाँदै गरेकी बालिका घर माथिबाट खसेको ढुङ्गाले लागेर टाउकोमा चोट लागेको थियो । चालकलाई अहिले प्रहरीको नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्ताव सहितको टोली खटिएको छ ।

ह्वात्तै घट्यो सुनको मूल्य

0

फागुन ४,२०८१ : नेपाली बजारमा सुनको मूल्य दुई हजार ७०० र चाँदी १५ रुपैयाँले घटेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख ७० हजार २०० मा कारोबार भएको सुनको मूल्य एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।

सञ्जयको नेतृत्वमा कालीगण्डकीमा ४५ सदस्यीय कमिटी गठन

0

फागुन ३,२०८१ गुल्मीः नेकपा माओवादी केन्द्र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा लिलबहदुर केसी (सञ्जय)को नेतृत्वमा ४५ सदस्य रहेको कमिटी गठन भएको छ ।

शनिवार सम्पन्न तेस्रो गाउँ अधिवेशनले केसीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा मोहोनीलाल भट्टराई, चित्रबहादुर थापा र मञ्जुकुमारी दर्लामी रहनुभएको छ ।

यस्तै सचिवमा विवी सुब्बा , सहसचिवमा शोभखर न्यौपाने र कोषाध्यक्षमा भिमबहादुर तारामी रहनुभएको नेकपा माओवादी केन्द्र कालीगण्डकी गाउँपालिका गुल्मीले जनाएको छ ।

अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रम उद्घाटन गर्दै खनालले प्रचण्ड नेतृत्वको सरकारले सुशासनका निम्ती कार्य गर्दा र भ्रष्ट्राचारका फाइलहरु खोल्दा दुई ठुला दल डराएर गठबन्धन गरेको बतउनुभयो । अहिले जनतामा पार्टीको जनविश्वास बढेको उहाँको भनाइ छ ।

मालिका गाउँपालिकाद्धारा बरिष्ठ लोकगायकसहित तीन जना सम्मानित

0

तम्घास, फागुन १ गते । मालिका गाउँपालिका गुल्मीले बरिष्ठ लोकगायक बोमबहादुर कार्कीसहित तीन जनालाई सम्मान गरेको छ ।

गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको क्रममा बरिष्ठ लोकगायक बोमबहादुर कार्की , गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) डिजाइनर घनश्याम पराजुली र प्रशासकीय भवन निर्माण ब्यवसायी हरिकुमार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको हो ।

यस्तै मालिका लोक ताराका निर्णयकहरुलाई समेत सम्मान गरिएको हो । सम्मान पश्चात बरिष्ठ लोकगायक बोमबहादुर कार्कीले आफनै पालिकामा पूर्व प्रधानमन्त्रीबाट सम्मानित हुन पाउँदा आफू हर्षित भएको बताउनुभयो । कलाकारलाई आफूले गरेको कार्यप्रति उच्च मुल्याङकन गर्दै सम्मान पाउँदा त्यो भन्दा ठूलो केही नचाहिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले स्थानीय कला संस्कतिको संरक्षणमा ध्यान दिनुपर्ने बताउँदै कलाकार देशका गहना भएको बताउनुभयो । मालिका गाउँपालिकाले स्थानीय कला र संस्कतिको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो ।