
फागुन ५,२०८१काठमाडौं ः सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको छ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो। आज चाँदीको मूल्य पनि बढेको छ।

आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।