गुल्मीमा जेसिवीले फालेको ढुंगाले लाग्दा ८ वर्षिय बालिकाको मृत्यु

0
90

अनिल खत्री
फाुगन ४,२०८१ गुल्मी : गुल्मीमा जेसीबीले माथिबाट पल्टाको ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी टार निवासी ८ बर्षिय बिष्णु कुमालको जेसिवीले माथिबाट फालेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताउनुभयो ।

बालिका आइतबार बिहान स्कुल जानेक्रममा सडक माथीबाट पल्टीएको ढुंगाले लागेर गम्भीर घाइते भएकी थिइन । उनको समयमै उद्धार समेत हुन सकेको थिएन ।
गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएकोमा डक्टरले मृत घोषणा गरेका थिए । छल्दीबाट ठाढुंगा जानेबाटो श्रेष्ठ कन्टक्सन प्रालि तम्घासले तीन वर्ष अघिबाट निर्माणको काम गर्दै आएको छ ।

उक्त सडकमा निर्माणको काम पनि अत्यन्तै सुस्त गतिमा भइरहेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् ।

बाटो बिस्तारको क्रममा सडकबाट तल कुनै जानकारी नदिइ ढुंगा फाल्ने गरेको थियो । विद्यालय जाँदै गरेकी बालिका घर माथिबाट खसेको ढुङ्गाले लागेर टाउकोमा चोट लागेको थियो । चालकलाई अहिले प्रहरीको नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्ताव सहितको टोली खटिएको छ ।

SHARE