
तम्घास, फागुन १ गते । मालिका गाउँपालिका गुल्मीले बरिष्ठ लोकगायक बोमबहादुर कार्कीसहित तीन जनालाई सम्मान गरेको छ ।


गाउँपालिकाको प्रशासकीय भवन उद्घाटनको क्रममा बरिष्ठ लोकगायक बोमबहादुर कार्की , गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) डिजाइनर घनश्याम पराजुली र प्रशासकीय भवन निर्माण ब्यवसायी हरिकुमार श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको हो ।
यस्तै मालिका लोक ताराका निर्णयकहरुलाई समेत सम्मान गरिएको हो । सम्मान पश्चात बरिष्ठ लोकगायक बोमबहादुर कार्कीले आफनै पालिकामा पूर्व प्रधानमन्त्रीबाट सम्मानित हुन पाउँदा आफू हर्षित भएको बताउनुभयो । कलाकारलाई आफूले गरेको कार्यप्रति उच्च मुल्याङकन गर्दै सम्मान पाउँदा त्यो भन्दा ठूलो केही नचाहिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रचण्डले स्थानीय कला संस्कतिको संरक्षणमा ध्यान दिनुपर्ने बताउँदै कलाकार देशका गहना भएको बताउनुभयो । मालिका गाउँपालिकाले स्थानीय कला र संस्कतिको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो ।