गुल्मीमा नयाँ भन्दा प्रतिलिपि नागरिकता बनाउने झण्डै दोब्वर

0
61
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
फागुन ४,२०८१ गुल्मी : गुल्मीमा नयाँ भन्दा प्रतिलिपी नागरिकता बनाउने झण्डै दोब्वर रहेको पाइएको छ ।

गत आइतबारदेखी शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक हप्तामा १२० जनाले नयाँ नागरिकता बनाउँदा १८३ जनाले प्रतिलिपि बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक हप्ताको अवधिमा १२० जनाले नयाँ नागरिकता बनाउँदा १८३ जनाले प्रतिलिपि बनाएको बताउनुभयो ।

नागरिकहरुले नागरिकतालाई माया नगर्ने, जथाभावी फयाक्ने र सानातिना गल्तीहरु भएका कारण पनि प्रतिलिपि बनाउँने बढेको उहाँको भनाइ छ । यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रुपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाहरुकोमा श्रीमान श्रीमती र बाबु आमाको नाम नमिल्ने गरेका कारण पनि अर्को रहेको गैरेले बताउनुभयो ।


गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता १२० , प्रतिलिपि १८३, वैवाहिक अंगिकृत नगरिकता दुई ,नावलक परिचयपत्र १३ ,राहदानीको आवेदन संकलन २०९, राहदानी वितरण २७३,राष्ट्रिय परिचयपत्रका लागि आवेदन ४५६, परिचयपत्र वितरण ४८८, संस्था दर्ता तथा नविकरण दुई र १२० दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

सोही अवधिमा राहदानीबाट एघार लाख ३० हजार रुपियाँ र संस्था नविकरणबाट १३ हजार पाँच सय गरि कुल ११ लाख ४३ हजार २५० रुपियाँ राजस्व सङकलन भएको गैरेले जानकारी दिनुभयो । न्यून जनशक्तिकाबीच पनि सेवाग्राहीहरुलाई मध्यनजर गर्दै सेवा प्रवाह गरिएको उहाँले बताउनुभयो ।

SHARE