
फागुन ३,२०८१ गुल्मीः नेकपा माओवादी केन्द्र कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा लिलबहदुर केसी (सञ्जय)को नेतृत्वमा ४५ सदस्य रहेको कमिटी गठन भएको छ ।


शनिवार सम्पन्न तेस्रो गाउँ अधिवेशनले केसीलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा मोहोनीलाल भट्टराई, चित्रबहादुर थापा र मञ्जुकुमारी दर्लामी रहनुभएको छ ।
यस्तै सचिवमा विवी सुब्बा , सहसचिवमा शोभखर न्यौपाने र कोषाध्यक्षमा भिमबहादुर तारामी रहनुभएको नेकपा माओवादी केन्द्र कालीगण्डकी गाउँपालिका गुल्मीले जनाएको छ ।

अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रम उद्घाटन गर्दै खनालले प्रचण्ड नेतृत्वको सरकारले सुशासनका निम्ती कार्य गर्दा र भ्रष्ट्राचारका फाइलहरु खोल्दा दुई ठुला दल डराएर गठबन्धन गरेको बतउनुभयो । अहिले जनतामा पार्टीको जनविश्वास बढेको उहाँको भनाइ छ ।