
फागुन ४,२०८१ : नेपाली बजारमा सुनको मूल्य दुई हजार ७०० र चाँदी १५ रुपैयाँले घटेको छ ।


गत शुक्रबार प्रतितोला एक लाख ७० हजार २०० मा कारोबार भएको सुनको मूल्य एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।
