गुल्मीका सात स्थानीय तहमा सार्वजनिक बिदा

0
47

फागुन १५,२०८१ गुल्मीः मगर दिवसका अवसरमा फागुन १५ गते गुल्मीका सात स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

दुई नगरसहित १२ स्थानीय तह रहेको गुल्मीमा सात वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको रेसुंगा नगपालिका,चन्द्रकोट, कालीगण्डकी,सत्यवती, गुल्मीदरबार, मालिका र छत्रकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

फागुन ११ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गाउँपालिकासहित वडा कार्यालयहरु, स्वास्थ्य संस्था,शिक्षण संस्थालगायत सङघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ । विभिन्न जातजातीहरुको मौलिकता, संस्कृतिलाई संरक्षण गर्नु पालिकाको दायित्व भएको स्थानीय तहहरुले जनाएका छन् ।

SHARE