Saturday, June 6, 2026

धुर्कोट वस्तुमा झोलुङ्गे पुलको शिलन्यास

0

हुमाकान्त पोखरेल

भदौ १६,०७९ गुल्मी :गुल्मीको धुर्कोट गाउँपालिका –५ वस्तुमा झोलुङ्गे पुलको शिलन्यास गरिएको छ ।

वस्तु विचित्र गुफा नजिकैदेखि राङदल फेदीसम्म जोड्ने ३७० मिटर लामो पुलको बुधबार गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिलन्यास गर्नुभएको हो । कुल एक करोड ९० लाखमा बन्ने पुल आगामी चैतसम्म निर्माण सम्पन्न हुनेछ ।

पुल निर्माण भएपछि विचित्र गुफासम्म पुग्न, हिमालय माविमा विद्यार्थीहरु अध्ययनको लागि जान एवम् किसानहरुलाई घाँस–दाउरा गर्न सहज हुने विचित्र गुफा संरक्षण समितिका अध्यक्ष युवराज भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले समयमै काम गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता गिरी, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वस्तुका वडाध्यक्ष ढुन्डीराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

रुरुक्षेत्रमा बिहीबार सार्वजनिक बिदा

0

भदौ १५,२०७९ गुल्मी :जिल्लाको रुरुक्षेत्र गाउँपालिकाले भदौ १६ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार गाउँपालिका अध्यक्ष स्तरीयको निर्णय अनुसार बिहीबार ऋषि पन्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्यालले जानकारी दिनुभयो ।

बिहीबार गाउँपालिका भित्रका वडा कार्यालयहरु ,संघ संस्था,शिक्षण संस्थाहरु र सार्वजनिक संघ संस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।

चट्याङ लागेर २ जनाको मृत्यु, १२ घाइते

0

भदौ १५,२०७९ :दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका १२ मा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो।

उहाँका अनुसार चट्याङ लागेर अन्य १२ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको डिएसपी गौतमले बताउनुभयो।

मृत्यु हुनेहरुको नाम खुलिसकेको छैन । घटनाबारे आज बिहान मात्रै खबर आएकोले घटना कतिबेला भएको भन्ने थाहा हुन नसकेको उहाँको भनाइ छ।

कुसुन्डा भाषा जिवित राख्न एकल बक्ताबाट पुस्तान्तरणको प्रयास

0
दाङमा कुसुन्डा भाषाको कक्षामा सहभागि । तस्बिरः उदयराज आलेबाट

दिवाकर पोख्रेल
भदौ १५,२०७९ देउखुरी : ‘मन्नी मन्नी वयन चीउ भया’ धेरै धेरै राम्रो छ भाई सरुमारानी ६ बुढीचौर प्यूठानकी हिमा कसुन्डाले आफ्नो भाषामा फेसुबुकमा भाईको फोटामा प्रतिक्रिया (कमेन्ट) गर्नुभयो ।
यस्तै गुर्भाकोट ५ कुर्मी सुर्खेतका तेजवहादुर कसुुन्डाले सामुहिक फोटा फेसबुकमा राख्दै लेख्नुभयो, ‘टोक मन्नी वयन चीउ’ यसको नेपाली अर्थ हो हामी धेरै राम्रा छौं । कुसुन्डा भाषा लोप हुने होकी भन्ने चिन्ता बढीरहेको समयमा नयाँ पूस्ताका कुसुन्डा समुदायले भाषा अभ्यास शुरु गरेका छन् ।

आफ्नो भाषामा लेख्न बोल्न पाउँदा अपनत्व महशुस हुने गरेको हिमा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सबैको आफ्नो भाषा छ, हाम्रो पनि छ फरक यति हो हाम्रो भाषा लोप हुने होकी भन्ने चिन्ता छ, त्यस कारण पनि जाने जतिका शब्द राखेर बाक्य बनाएर सार्वजनिक समेत गछौ ।’

कसुन्डा भाषाकी एकमात्र प्रर्खर पूर्ण बक्ता ज्ञानीमैयाँ कसुण्डाको मृत्यु भछी कसुन्डा भाषा लोप हुने चिन्तामा कुसुन्डा समुदाय थिए । अहिले कसुन्डा भाषा बोल्न सक्ने रोल्पा निवासी कमला सेना कसुन्डा मात्रै हनुहुन्छ । उहाँबाटै भाषा पुस्तान्तरणको प्रयास भएको हो ।

कसुन्डा समुदाय, अनुसन्धानकर्ता र सरकारी पहलमा कसुन्डा भाषा जिवीतै राख्ने प्रयास भइरहेको छ । यहि प्रयास स्वरुप बि.स.२०७५ सालमा ज्ञानीमैयाँ कसुन्डा जीवीतै हुँदा भाषा आयोगको सहयोगमा मातृ भाषा पुस्तान्तरण कार्यक्रम अन्तरगर्त पहिलो चरणको कुसुन्डा भाषा कक्षा संचालनको शुरुवात ग¥यो । जसमा १७ जना कसुण्डा समुदाय र तीन जना गैर कसुन्डा समुदाय गरी २० जनाको सहभागिता रह्ेयो ।
दाङ,प्युठान, रोल्पा,सुर्खेतबाट सहभागि थिए । जसमा श्रोतव्यक्ति स्वर्गिय ज्ञानीमैयाँ कसुन्डा, कमला सेन कसुन्डा र प्रशिक्षकको भूमिका उदयराज आलेले गर्नुभयो । यो कसुन्डा भाषा सम्बन्धि कक्षा अहिले तेस्रो चरण सकेर चौथो चरणमा प्रवेस गरेको छ ।

पहिलो चरणमा सामान्य संकलन गरिएका शब्दका आधारमा शुरु गरिएको कक्षा दोस्रो चरणदेखि ‘कुसुन्डा गिपन’ नामको पाठ्य पुस्तक निर्माण गरेर पठनपाठनको शुरुवात गरिएको हो । कुसुन्डा भाषाको कक्षा संचालनमा अनुसन्धान उदयराज आलेलेले सघाइरहनु भएको छ । भाषा आयोगले कुसुन्डा भाषा संरक्षण र पुस्तान्तरण गर्न बालबालिकालाई मात्रै नभएर उमेर पुगेका (प्रोढ) हरुसंग पनि जोड्ने प्रयास गरेको छ । भाषा आयोगका अध्यक्ष लेवदेव अवस्थीले कुसुन्डा भाषा अन्य भाषा परिवार भित्र नपर्ने भएकाले पनि यस्लाई जोगाई राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई स्थानीय सरकारले पनि सघाउनु भएको छ, हामी क्रमागत रुपमै भाषा कक्षा संचालन गर्छौ, वालवालिकामा मात्रै होइन उमेर पुगेकाहरुसंग पनि जोडेर भाषालाई परिवार सम्म पु¥याउने प्रयास हुन्छ ।” यस्तै आयोगी सदस्य उषा हमालले कक्षा संचालनबाट उपलव्धि राम्रो देखिएकोले थप कक्षा संचालन आवश्यक रहेको बताउनुभयो ।

यसरी कुसुण्डा भाषामा पुस्तान्तरण हुन थालेपछि स्वयम कुसुन्डा समुदाय पनि खुसी छन । कुसुन्डा विकास समाजका अध्यक्ष धनवहादुर कुसुन्डाले सरकारी पक्षले नै चासोका साथ कक्षा संचालन गरेर आफुहरुको भाषा संरक्षण गर्न खोजेको प्रति खुसी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘समुदायको हिसावले म कसुन्डा समुदायमै पर्ने भएपनि भाषा बोल्न जान्दैन,मैले नजान्दा छोरा छोरीले कसरी सिक्ने ? समस्या थियो, अहिले नयाँ पुस्ताले सिक्न पाएका छन्, यो खुसीको कुरा हो ।’

भाषा शास्त्रीहरुका अनुसार नेपालमा कुसुन्डा भाषा सहित चार भाषा परिवार छन् । कुसुन्डा भाषा एकल हो । त्यस कारणले पनि कुसुन्डा भाषाको महत्व बढी छ । आफ्नो समुदायको बस्ती एकत्रित नहुँदा भाषाको अभ्यास नहुने भएकाले कुसुन्डा भाष लोभ हुने चिन्तामा कुसुन्डा समुदाय छन् । खासमा अन्तरजातीय विवाह हुँदा कुसुन्डा भाषा प्रयोग नगर्ने भएकाले अहिले सिकीरहेकाबाट पनि पूर्णरुपमा भाषा जोगिन्छ भन्नेमा ढुक्क हुने अवस्था छैन । त्यसको लागि कुसुन्डा ग्रामको वनाएर भाषा संरक्षण,अनुसन्धानका थलोको रुपमा विकास गर्न आवश्यक देखिन्छ ।

कुसुन्डा भाषा संरक्षण खोज अनुसन्धानको काम पहिलेदेखि नै भएको पाइन्छ । अनुसन्धानकर्ता उदयराज आलेका अनुसार बेलायती नागरिक व्राइन हज्सनले दुइसय बर्ष पहिले कसुण्डा भाषाको दुइसय २३ मूलशब्दकोे अध्ययन गरेका थिए । त्यसपछि १९६८मा अमेरिकी मानवशास्त्री योहान राइनहार्डले गोरखा र सुर्खेत बसेर तीनसय ५० भन्दा बढी मुलशब्द संकलन र साँस्कृतिक अध्ययन पनि गरेका थिए ।

सन २००४ देखि डेविड बोट्सले आठसय ५० बढी शब्द को संकलन गरेर कुसुन्डा भाषाको ब्याकरण ,लेखेका छन् जुन पहिलो ब्याकरण हो । सन २००८ देखि दाङका उदयराज आलेले निरन्तर अध्ययन गरिरहनु भएको छ । आलेले एकहजार बढी मूल शव्द रहेको ‘कुसुन्डा जाती र शव्दकोष’ प्रकासन गर्नुभएको छ । जून नेपाली,अँग्रेजी र कुसुुन्डा भाषामा छ । संगै आलेले कुसुन्डा भाषाको ब्याकरण तयार पारेर प्रकासनको पर्खाइमा बस्नुभएको छ ।

कुसुण्डा समाजको तथ्याङ अनुसार नेपालमा दुइसय ७३ जनाको संख्यामा कुसुण्डा जातीको बसोबास छ । नेपालको जनगणना २०६८ को तथ्याङ अनुसार एकसय ५६ जना मात्रै देखाउँछ । जनगणनाको समयमा अन्य जाती उल्लेख गरेर कुसुन्डा जातीको संख्या फरक परेको कसुन्डा विकास समितिको दावी छ ।

लुम्विनी प्रदेश राजधानीको कथाः घर आफ्नो जग्गा वनको

0
राष्ट्रिय वनको जग्गामा भालुवाङमा निर्माण भएका संरचना । तस्बिरः दिवाकर पोख्रेल

भालुवाङवासीले रकम संकलन गरेर अनेत्र जंगलसंग सटेको जग्गा खरिद गरी वनलाई हस्तान्तरण गर्ने वनको जग्गा व्यत्तिहरुलाई दिलाउने गरी सट्टीपट्टीको योजना पनि सफल हुन सकेन, लामो सयमदेखि लालपूर्जाको पर्खाइमा रहेकाहरुलाई अहिले अव्यवस्थित बसोवासको अस्थायी निस्सा बाँड्ने तयारी छ ।
दिवाकर पोख्रेल
देउखुरी, भदौ १५ गते । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ क्षेत्र जुन राप्ती अंचलको प्रवेस द्धारको रुपमा परिचित छ । भालुवाङ बजार पुरानो बजार पनि हो । दाङ सहित रोल्पा, प्युठान, अर्घाखाचीको पश्चिम भागको केन्द्र विन्दुको रुपमा रहेको भालुवाङ बजार नै वनको जग्गामा छ । पूरानो बजार हालको बजार भन्दा प्युठान जाने सडक नजिक थियो अहिले उक्त बजार ओझेल छ । पूर्वपश्चिम राजमार्ग पश्चिम पुलचोकबाट बनेपछि भालुवाङ बजारको चहल पहल पनि राजमार्ग तिर केन्द्रित भयो । बजारको विचोविचबाट पूर्वपश्चिम राजमार्ग छ । राजमार्गको दायाँबायाँ ठूलो ठूलो पक्की घर संरचना छन त्यही संरचना बनेको जग्गा राष्ट्रिय वनको नाममा छ ।

वनको जग्गामा बसेपनि लालपूर्जा पाउने आसामा धेरै पूस्तौँ वित्न थालेको छ । अहिले लालपुर्जा विहीन अवस्थामा निर्माण गरेका एकहजार एकसय बढी घरहरु छन् । स्थानीयले घर आफ्नै लगानीमा निर्माण गरेका छन् । करोडौँ रकम खर्चेर निर्माण गरिएका घरहरुमा सबै प्रकारको सेवासुविधा सरकारी पक्षले उपलव्ध गराएको छ । खानेपानी, विद्युत, ढल नाला, सडक आदी सेवा सुविधा सहितको भालुवाङ बजार वासीहरुले आफ्नो नाममा ल्याउने प्रयासले सार्थकता पाउन सकेको छैन । राप्ती गाउँपालिका वडा नं १ भिमार्जून सुवेदीले आफुहरु वर्षैसम्म देखि बसोवास गरेकोले विनाशर्त लालपूर्जा दिलाउनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘हामी बसीरहेका घरको घरवहाल कर, व्यापार कर तिर्दै आइरहेका छौ, लगानी गरेर संरचना बनाएका छौ लालपूर्जा पाउने आस गर्न थालेको बर्षेँ भयो ।’

भालुवाङ बजार लाई राष्ट्रिय वनबाट हटाएर बसोवास गरेकाहरुको नाममा लालपूर्जा दिलाउने प्रयास पनि भएको हो । भालुवाङवासीले रकम संकलन गरेर जंगलसंग सटेको जग्गा खरिद गरेर वनलाई हस्तान्तरण गर्ने वनको जग्गा व्यत्तिहरुलाई दिलाउने गरी सट्टीपट्टीको योजना पनि सफल हुन सकेन । राप्ती उद्योग बाणिज्य संघको पहलमा थालिएको प्रयासलाई राजनीतिक खिचातानीका कारण सफल हुन नसकेको राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जगत पोख्रेलले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘घर आफ्नो जग्गा वनको भएको छ,तरपनि अहिले सरकारले शत्तिसाली भूमि आयोग गठन गरेर कामको शूरुवात गरेकाले आस चाँही पलाएको छ ।’

राष्ट्रिय भूमि आयोगले पनि अव्यवस्थित बसोवासीको हकमा उनिहरुलाई बसोवासको प्रमाण दिनेगरी तयारी थालेको छ । राष्ट्रिय भूमि आयोग दाङ जिल्ला समिति अध्यक्ष लेखराज रेग्मीले भालुवाङको समस्या हल हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘पालिकाले विवरण ल्याउने काम गरेको छ , भालुवाङ बजार मात्रै होइन जिल्लाको अव्यवस्थित बसोवास सबै हल हुन्छ ।’

स्थानीय सरकारले पनि अव्यवस्थित बसोवासीको लागि अस्थायी निस्सा वितरणको काम शुरुवात गरेको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिकाले १९ गतेबाट पालिकाका चारहजार छसय भन्दा बढी अव्यवस्थित बसोवास गरेकाहरुलाई अस्थायी निस्सा दिने र त्यो काम भालुवाङ क्षेत्रबाटै शुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी यही १९गतेबाट भालुवाङ क्षेत्रबाट अस्थायी निस्सा वितरणको काम शुरु गर्छौ,भालुवाङ बजारको बर्षैसम्म बसोवास गरेको तर केहि प्रमाण नभएकोहरुलाई यो पनि ठूलो प्रमाण हो ।’

वन कार्यालयले भने वनको जग्गा वारेमा निर्णय गर्दा आफुहरुको सहमति ल्याउन आग्रह गरेको छ । वन डिभिजन कार्यालय देउखुरीका डिभिजन प्रमुख राजु क्षेत्रीले वन ऐनले वनको जग्गामा बस्नेलाई अतिक्रमण नै भन्ने हुनाले भालुवाङ क्षेत्रको समस्या हल गर्न ऐन सच्चाउनु पर्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ,‘ भूमि आयोगलाई १० बर्ष देखि बसोवास गरेकारुलाई अव्यवस्थित बसोवासीको आधारमा निस्सा लालपूर्जा दिने भनेपनि वन ऐनले यसरी बसोवास गर्नेलाई अतिक्रमण नै मान्छ, हामी कार्यान्वयन तहमा बस्ने भएकाले वन ऐन अनुसार चल्नुपर्छ ।’ डिभिजन प्रमुख क्षेत्रीले आफु भालुवाङ बजारको समस्यासंग जानकार भएको भएपनि मन्त्रालय तहबाटै यस्को हल हुन आवश्यक रहेको बताउनुहुन्छ ।

नदीले बगाएर एकजनाको मृत्यु

0

भदौ १५,२०७९भापा : मेची नदीले बगाएर झापामा एकजनाको मृत्यु भएको छ।

भदौ १३ गते दिउँसो झापाको भद्रपुर नगरपालिका–४ नर्सिङ बगान छेउ मेची नदीमा पौडी खेल्ने क्रममा खोलाले बजाएर भद्रपुर नगरपलिाका–३ रंगिला चोकका वर्ष १८ का सामुएल भुजेल १४ गते विहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पूर्व मन्त्री झाँक्रीको तीज गुल्मीका गाउँगाउँमा

0

भदौ १४,२०७९ गुल्मीः पूर्व मन्त्री तथा एकीकृत समाजवादीका सचिब रामकुमारी झाँक्री अहिले तीजका कार्यक्रमहरुमा ब्यस्त हुनुहुन्छ ।

संघ र प्रदेशको निर्वाचन नजिकिदै गर्दा गुल्मी २ को निर्वाचन क्षेत्रमा बढी केन्द्रित कार्यक्रमहरुमा सहभागी हुँदा यसलाई निर्वाचनको माहोल बनाउदै गरेको जस्तो देखिएको छ ।

उहाँ विगत १५ दिन देखी गुल्मीकै भुगोलमा रहेर भेटघाट र तीजका दरखाने कार्यक्रम संगै गाउँका दिदी बहिनी र आमाहरुसंग तीज मनाउदै गरेका तस्वीरहरु सामाजिक संजालमा छरिएका छन् ।

यदि गुल्मी क्षेत्र नम्वर २ मा गठबन्धनको तर्फबाट झाक्री उमेदवार बन्नुभयो भने नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र झाँक्री बीच प्रतिस्पर्धा हुने छ ।

विगत लामो समय देखी गुल्मी २ को निर्वाचनमा बिष्टको एकलौटी रहदै आएको छ । २०६४ सालको निर्वाचनमा भने नेकपा माओबादी केन्द्रका चन्द्रबहादुर थापा (सागर ) ले सो क्षेत्रमा निर्वाचन जित्नु भएको थियो ।

बिष्टकै गाउँपालिकामा गठबन्धनले जितेको छ भने मालिका ,मदाने धुर्कोटमा पनि गठबन्धनकै सरकार छ । मुसिकोट नगरपालिकामा नेकपा एमालेको सरकार छ । रेसुंगा नगरपालिकामा पनि गठबन्धनकै सरकार रहेकाले बिष्टलाई इश्मा गाउँपालिकाबाट धक्का लागेकाले यस पटकको निर्वाचन गुल्मी २ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

तस्विरहरु पूर्व मन्त्री झाँक्रीको सामाजिक संजालबाट लिइएको हो ।

संरक्षण नहुँदा ढल्यो शहीद सेन निवास

0
सहीद कृष्णसेन इच्छुकको पुर्खौली घर रहेको स्थान । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
भदौ १४ २०७९ः सहीद कृष्णसेन इच्छुक एउटा गर्भिलो इतिहास । विशेषगरी पत्रकार,साहित्यकारले बारम्बार लिइरहने नाम । साहित्यिक गतिविधि र पत्रकारितासंग सम्बन्धित कार्यक्रममा इच्छुकको तस्बिर राख्ने उहाँको योगदानको चर्चा परिचर्चा खुबै चल्न गर्छ । तर उहाँको आफ्नै घर र जग्गाको संरक्षण नहुँदा घर ढलेको छ जग्गा वेवारिसे बनेको छ ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ७ सातमारामा रहेको घर ढलेको छ । करिव एक विगाहा क्षेत्रफल रहेको जग्गा अलपत्र अवस्थामा छ । राजमार्गको छेउँमै रहेकोले सडक फराकिलो बनाउँदा र बड्कापथ कुलो सिंचाई आयोजनाको बाँध निर्माण गर्दा जग्गा पनि मासिदै जान थालेको छ ।

कृष्णसेनको घरजग्गाको संरक्षण नहुँदा स्थानीय र इच्छुकका अनुयायीहरु भने चिन्तित छन् । नागरिक समाज दाङका उप संयोजक निमवहादुर थापाले इच्छुकको घरजग्गा संरक्षण गरेर उक्त स्थानमा शहीद कृष्णसेन इच्छुकको गतिविधि झल्कनेगरी पार्क बनाउन आग्रह गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘उहाँको योगदान लाई एउटा पार्टी विशेषले मात्रै अपनत्व ल्याउन खोज्ने होइन,इच्छुक पत्रकार, साहित्यकार रहेकाले सबैको साझा ब्यत्ति हुनुहुन्थेयो,उहाँको घरजग्गा संरक्षण नहुनु दुखद पक्ष हो ।’ इच्छुकको उक्त जग्गा उहाँको वुवा यज्ञवहादुर सेनकोे नाममा छ । उहाँको बुवाको पनि मृत्यु भइसकेको छ । इच्छुकका भाई र इच्छुकमा अंशबण्डा नभएको उक्त जग्गा कर्सले जोतभोग गरेको पाइदैन । सहीद कृष्णसेन इच्छकुकी धर्मपत्नी तक्मा केसीले उक्त जग्गा बुवाकै नाममा रहेकाले संघसंस्थालाई हस्तान्तरण गर्न नसकेको बताउनुभयो ।

शहीद इच्छुक पार्क निर्माण समितिका अध्यक्ष भिमार्जुन सुवेदीले इच्छुकको जग्गा पूर्वपश्चिम राजमार्गको विचमा पर्ने पछि राजमार्ग विस्तार गर्दा जग्गा नरहने समस्याका कारण स्थायी संरचना बनाउन नसकीको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संरक्षण गर्ने प्रयास पहिले गएिको हो, पछि सबैले चासो दिन छाडेपछि भत्कीयो ।

कृष्णसेन इच्छुक साँस्कृतिक प्रतिष्ठानले साँस्कृतिक गतिविधि गर्ने गरेको भएपनि इच्छुकको घर सम्पत्ती संरक्षण तर्फ ध्यान दिइएको पाइदैन । प्रतिष्ठानका अध्यक्ष हिरामणी दुखीले प्रतिष्ठानलाई जग्गा संरक्षण गर्ने काम’संग नजोडन आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,‘यो काम सरकार हो, हामी इच्छुकको नाममा साँस्कृति गतिविधि गर्दै आइरहेका छौ ।’ स्थानीय पहलमा केन्द्र सरकारवाट दुइ लाख ५० हजारमा पहिले घरको जिर्णउद्धारको काम गरिएको थियो भने सोही स्थानमा १६ लाखको लागतमा इच्छुक प्रवेस द्धार बनाइएको छ । २०१३ सालमा जन्मीनु भएका कृष्णसेन इच्छुकको जनयुद्धको समयमा २०५९ जेठ १३ गते मृत्यु भएको थियो ।

चट्याङ लागेर ३ जनाको मृत्यु, चार घाइते

0

भदौ १४,२०७९ रौतहट : रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

गरुडा नगरपालिका–३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर उनीहरुको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो।

मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको रहेका छन्।
अन्य चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको मल्लले जानकारी दिनुभयो।

जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : जीप चालक फरार

0

भदौ १४,२०७९ मकवानपुर मकवानपुरको हेटौडा उपमहानगरपालिका–१८ कठायत चोकमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहनुभएको छ । गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो।
ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको जिपले सडक छेउमा रोकिराखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको हो।

फरार रहेका जिप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।