संरक्षण नहुँदा ढल्यो शहीद सेन निवास

0
129
सहीद कृष्णसेन इच्छुकको पुर्खौली घर रहेको स्थान । तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
भदौ १४ २०७९ः सहीद कृष्णसेन इच्छुक एउटा गर्भिलो इतिहास । विशेषगरी पत्रकार,साहित्यकारले बारम्बार लिइरहने नाम । साहित्यिक गतिविधि र पत्रकारितासंग सम्बन्धित कार्यक्रममा इच्छुकको तस्बिर राख्ने उहाँको योगदानको चर्चा परिचर्चा खुबै चल्न गर्छ । तर उहाँको आफ्नै घर र जग्गाको संरक्षण नहुँदा घर ढलेको छ जग्गा वेवारिसे बनेको छ ।

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ७ सातमारामा रहेको घर ढलेको छ । करिव एक विगाहा क्षेत्रफल रहेको जग्गा अलपत्र अवस्थामा छ । राजमार्गको छेउँमै रहेकोले सडक फराकिलो बनाउँदा र बड्कापथ कुलो सिंचाई आयोजनाको बाँध निर्माण गर्दा जग्गा पनि मासिदै जान थालेको छ ।

कृष्णसेनको घरजग्गाको संरक्षण नहुँदा स्थानीय र इच्छुकका अनुयायीहरु भने चिन्तित छन् । नागरिक समाज दाङका उप संयोजक निमवहादुर थापाले इच्छुकको घरजग्गा संरक्षण गरेर उक्त स्थानमा शहीद कृष्णसेन इच्छुकको गतिविधि झल्कनेगरी पार्क बनाउन आग्रह गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘उहाँको योगदान लाई एउटा पार्टी विशेषले मात्रै अपनत्व ल्याउन खोज्ने होइन,इच्छुक पत्रकार, साहित्यकार रहेकाले सबैको साझा ब्यत्ति हुनुहुन्थेयो,उहाँको घरजग्गा संरक्षण नहुनु दुखद पक्ष हो ।’ इच्छुकको उक्त जग्गा उहाँको वुवा यज्ञवहादुर सेनकोे नाममा छ । उहाँको बुवाको पनि मृत्यु भइसकेको छ । इच्छुकका भाई र इच्छुकमा अंशबण्डा नभएको उक्त जग्गा कर्सले जोतभोग गरेको पाइदैन । सहीद कृष्णसेन इच्छकुकी धर्मपत्नी तक्मा केसीले उक्त जग्गा बुवाकै नाममा रहेकाले संघसंस्थालाई हस्तान्तरण गर्न नसकेको बताउनुभयो ।

शहीद इच्छुक पार्क निर्माण समितिका अध्यक्ष भिमार्जुन सुवेदीले इच्छुकको जग्गा पूर्वपश्चिम राजमार्गको विचमा पर्ने पछि राजमार्ग विस्तार गर्दा जग्गा नरहने समस्याका कारण स्थायी संरचना बनाउन नसकीको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संरक्षण गर्ने प्रयास पहिले गएिको हो, पछि सबैले चासो दिन छाडेपछि भत्कीयो ।

कृष्णसेन इच्छुक साँस्कृतिक प्रतिष्ठानले साँस्कृतिक गतिविधि गर्ने गरेको भएपनि इच्छुकको घर सम्पत्ती संरक्षण तर्फ ध्यान दिइएको पाइदैन । प्रतिष्ठानका अध्यक्ष हिरामणी दुखीले प्रतिष्ठानलाई जग्गा संरक्षण गर्ने काम’संग नजोडन आग्रह गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,‘यो काम सरकार हो, हामी इच्छुकको नाममा साँस्कृति गतिविधि गर्दै आइरहेका छौ ।’ स्थानीय पहलमा केन्द्र सरकारवाट दुइ लाख ५० हजारमा पहिले घरको जिर्णउद्धारको काम गरिएको थियो भने सोही स्थानमा १६ लाखको लागतमा इच्छुक प्रवेस द्धार बनाइएको छ । २०१३ सालमा जन्मीनु भएका कृष्णसेन इच्छुकको जनयुद्धको समयमा २०५९ जेठ १३ गते मृत्यु भएको थियो ।

SHARE