पूर्व मन्त्री झाँक्रीको तीज गुल्मीका गाउँगाउँमा

0
187

भदौ १४,२०७९ गुल्मीः पूर्व मन्त्री तथा एकीकृत समाजवादीका सचिब रामकुमारी झाँक्री अहिले तीजका कार्यक्रमहरुमा ब्यस्त हुनुहुन्छ ।

संघ र प्रदेशको निर्वाचन नजिकिदै गर्दा गुल्मी २ को निर्वाचन क्षेत्रमा बढी केन्द्रित कार्यक्रमहरुमा सहभागी हुँदा यसलाई निर्वाचनको माहोल बनाउदै गरेको जस्तो देखिएको छ ।

उहाँ विगत १५ दिन देखी गुल्मीकै भुगोलमा रहेर भेटघाट र तीजका दरखाने कार्यक्रम संगै गाउँका दिदी बहिनी र आमाहरुसंग तीज मनाउदै गरेका तस्वीरहरु सामाजिक संजालमा छरिएका छन् ।

यदि गुल्मी क्षेत्र नम्वर २ मा गठबन्धनको तर्फबाट झाक्री उमेदवार बन्नुभयो भने नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र झाँक्री बीच प्रतिस्पर्धा हुने छ ।

विगत लामो समय देखी गुल्मी २ को निर्वाचनमा बिष्टको एकलौटी रहदै आएको छ । २०६४ सालको निर्वाचनमा भने नेकपा माओबादी केन्द्रका चन्द्रबहादुर थापा (सागर ) ले सो क्षेत्रमा निर्वाचन जित्नु भएको थियो ।

बिष्टकै गाउँपालिकामा गठबन्धनले जितेको छ भने मालिका ,मदाने धुर्कोटमा पनि गठबन्धनकै सरकार छ । मुसिकोट नगरपालिकामा नेकपा एमालेको सरकार छ । रेसुंगा नगरपालिकामा पनि गठबन्धनकै सरकार रहेकाले बिष्टलाई इश्मा गाउँपालिकाबाट धक्का लागेकाले यस पटकको निर्वाचन गुल्मी २ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

तस्विरहरु पूर्व मन्त्री झाँक्रीको सामाजिक संजालबाट लिइएको हो ।

SHARE