जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु : जीप चालक फरार

0
211

भदौ १४,२०७९ मकवानपुर मकवानपुरको हेटौडा उपमहानगरपालिका–१८ कठायत चोकमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ का ३१ वर्षीय धर्मेन्द्र राम थारु रहनुभएको छ । गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा हेटौडा अस्पतालमा मृत्यु भएको हो।
ठुलोदमारबाट हटियातर्फ आउँदै गरेको ना ५ च २९९ नम्बरको जिपले सडक छेउमा रोकिराखेको बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई गएराति साढे ९ बजे ठक्कर दिएको हो।

फरार रहेका जिप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

SHARE