दिवाकर पोख्रेल
भदौ १५,२०७९ देउखुरी : ‘मन्नी मन्नी वयन चीउ भया’ धेरै धेरै राम्रो छ भाई सरुमारानी ६ बुढीचौर प्यूठानकी हिमा कसुन्डाले आफ्नो भाषामा फेसुबुकमा भाईको फोटामा प्रतिक्रिया (कमेन्ट) गर्नुभयो ।
यस्तै गुर्भाकोट ५ कुर्मी सुर्खेतका तेजवहादुर कसुुन्डाले सामुहिक फोटा फेसबुकमा राख्दै लेख्नुभयो, ‘टोक मन्नी वयन चीउ’ यसको नेपाली अर्थ हो हामी धेरै राम्रा छौं । कुसुन्डा भाषा लोप हुने होकी भन्ने चिन्ता बढीरहेको समयमा नयाँ पूस्ताका कुसुन्डा समुदायले भाषा अभ्यास शुरु गरेका छन् ।
आफ्नो भाषामा लेख्न बोल्न पाउँदा अपनत्व महशुस हुने गरेको हिमा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सबैको आफ्नो भाषा छ, हाम्रो पनि छ फरक यति हो हाम्रो भाषा लोप हुने होकी भन्ने चिन्ता छ, त्यस कारण पनि जाने जतिका शब्द राखेर बाक्य बनाएर सार्वजनिक समेत गछौ ।’
कसुन्डा भाषाकी एकमात्र प्रर्खर पूर्ण बक्ता ज्ञानीमैयाँ कसुण्डाको मृत्यु भछी कसुन्डा भाषा लोप हुने चिन्तामा कुसुन्डा समुदाय थिए । अहिले कसुन्डा भाषा बोल्न सक्ने रोल्पा निवासी कमला सेना कसुन्डा मात्रै हनुहुन्छ । उहाँबाटै भाषा पुस्तान्तरणको प्रयास भएको हो ।
कसुन्डा समुदाय, अनुसन्धानकर्ता र सरकारी पहलमा कसुन्डा भाषा जिवीतै राख्ने प्रयास भइरहेको छ । यहि प्रयास स्वरुप बि.स.२०७५ सालमा ज्ञानीमैयाँ कसुन्डा जीवीतै हुँदा भाषा आयोगको सहयोगमा मातृ भाषा पुस्तान्तरण कार्यक्रम अन्तरगर्त पहिलो चरणको कुसुन्डा भाषा कक्षा संचालनको शुरुवात ग¥यो । जसमा १७ जना कसुण्डा समुदाय र तीन जना गैर कसुन्डा समुदाय गरी २० जनाको सहभागिता रह्ेयो ।
दाङ,प्युठान, रोल्पा,सुर्खेतबाट सहभागि थिए । जसमा श्रोतव्यक्ति स्वर्गिय ज्ञानीमैयाँ कसुन्डा, कमला सेन कसुन्डा र प्रशिक्षकको भूमिका उदयराज आलेले गर्नुभयो । यो कसुन्डा भाषा सम्बन्धि कक्षा अहिले तेस्रो चरण सकेर चौथो चरणमा प्रवेस गरेको छ ।
पहिलो चरणमा सामान्य संकलन गरिएका शब्दका आधारमा शुरु गरिएको कक्षा दोस्रो चरणदेखि ‘कुसुन्डा गिपन’ नामको पाठ्य पुस्तक निर्माण गरेर पठनपाठनको शुरुवात गरिएको हो । कुसुन्डा भाषाको कक्षा संचालनमा अनुसन्धान उदयराज आलेलेले सघाइरहनु भएको छ । भाषा आयोगले कुसुन्डा भाषा संरक्षण र पुस्तान्तरण गर्न बालबालिकालाई मात्रै नभएर उमेर पुगेका (प्रोढ) हरुसंग पनि जोड्ने प्रयास गरेको छ । भाषा आयोगका अध्यक्ष लेवदेव अवस्थीले कुसुन्डा भाषा अन्य भाषा परिवार भित्र नपर्ने भएकाले पनि यस्लाई जोगाई राख्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई स्थानीय सरकारले पनि सघाउनु भएको छ, हामी क्रमागत रुपमै भाषा कक्षा संचालन गर्छौ, वालवालिकामा मात्रै होइन उमेर पुगेकाहरुसंग पनि जोडेर भाषालाई परिवार सम्म पु¥याउने प्रयास हुन्छ ।” यस्तै आयोगी सदस्य उषा हमालले कक्षा संचालनबाट उपलव्धि राम्रो देखिएकोले थप कक्षा संचालन आवश्यक रहेको बताउनुभयो ।
यसरी कुसुण्डा भाषामा पुस्तान्तरण हुन थालेपछि स्वयम कुसुन्डा समुदाय पनि खुसी छन । कुसुन्डा विकास समाजका अध्यक्ष धनवहादुर कुसुन्डाले सरकारी पक्षले नै चासोका साथ कक्षा संचालन गरेर आफुहरुको भाषा संरक्षण गर्न खोजेको प्रति खुसी ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘समुदायको हिसावले म कसुन्डा समुदायमै पर्ने भएपनि भाषा बोल्न जान्दैन,मैले नजान्दा छोरा छोरीले कसरी सिक्ने ? समस्या थियो, अहिले नयाँ पुस्ताले सिक्न पाएका छन्, यो खुसीको कुरा हो ।’
भाषा शास्त्रीहरुका अनुसार नेपालमा कुसुन्डा भाषा सहित चार भाषा परिवार छन् । कुसुन्डा भाषा एकल हो । त्यस कारणले पनि कुसुन्डा भाषाको महत्व बढी छ । आफ्नो समुदायको बस्ती एकत्रित नहुँदा भाषाको अभ्यास नहुने भएकाले कुसुन्डा भाष लोभ हुने चिन्तामा कुसुन्डा समुदाय छन् । खासमा अन्तरजातीय विवाह हुँदा कुसुन्डा भाषा प्रयोग नगर्ने भएकाले अहिले सिकीरहेकाबाट पनि पूर्णरुपमा भाषा जोगिन्छ भन्नेमा ढुक्क हुने अवस्था छैन । त्यसको लागि कुसुन्डा ग्रामको वनाएर भाषा संरक्षण,अनुसन्धानका थलोको रुपमा विकास गर्न आवश्यक देखिन्छ ।
कुसुन्डा भाषा संरक्षण खोज अनुसन्धानको काम पहिलेदेखि नै भएको पाइन्छ । अनुसन्धानकर्ता उदयराज आलेका अनुसार बेलायती नागरिक व्राइन हज्सनले दुइसय बर्ष पहिले कसुण्डा भाषाको दुइसय २३ मूलशब्दकोे अध्ययन गरेका थिए । त्यसपछि १९६८मा अमेरिकी मानवशास्त्री योहान राइनहार्डले गोरखा र सुर्खेत बसेर तीनसय ५० भन्दा बढी मुलशब्द संकलन र साँस्कृतिक अध्ययन पनि गरेका थिए ।
सन २००४ देखि डेविड बोट्सले आठसय ५० बढी शब्द को संकलन गरेर कुसुन्डा भाषाको ब्याकरण ,लेखेका छन् जुन पहिलो ब्याकरण हो । सन २००८ देखि दाङका उदयराज आलेले निरन्तर अध्ययन गरिरहनु भएको छ । आलेले एकहजार बढी मूल शव्द रहेको ‘कुसुन्डा जाती र शव्दकोष’ प्रकासन गर्नुभएको छ । जून नेपाली,अँग्रेजी र कुसुुन्डा भाषामा छ । संगै आलेले कुसुन्डा भाषाको ब्याकरण तयार पारेर प्रकासनको पर्खाइमा बस्नुभएको छ ।
कुसुण्डा समाजको तथ्याङ अनुसार नेपालमा दुइसय ७३ जनाको संख्यामा कुसुण्डा जातीको बसोबास छ । नेपालको जनगणना २०६८ को तथ्याङ अनुसार एकसय ५६ जना मात्रै देखाउँछ । जनगणनाको समयमा अन्य जाती उल्लेख गरेर कुसुन्डा जातीको संख्या फरक परेको कसुन्डा विकास समितिको दावी छ ।