Thursday, June 4, 2026

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

0

भदौ ५,२०८२ अर्घाखाँची :अर्घाखाचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएको छन् । ।

जिल्लाको छत्रदेब गाउँपालिबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ४९१५ नम्बरको बलेरो जिप पाणिनी गाउँपालिका–७ एक्लेभिरमा बिहीबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

जिप अन्यत्रित भएर दुर्घटना हुँदा जिपमा सवार तीन जनामध्ये दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयो ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण कालीगण्डकी करिडोर र रुद्धवेनी– वामी सडक अवरुद्ध

0

तिलाचन पाण्डे
साउन २८,२०८२ गुल्मीः अबिरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको कालीगण्डकी करिडोर र रुद्धवेनी– वामी सडक अवरुद्ध भएको छ।

कालीगण्डकी करिडोरको रिडी– पुर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर दुईको राक्सेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

यस्तै रुद्धवेनी – वामी सडक खण्डको सत्यवती गाउँपालिका वडा नम्वर ६ को डहरे खोलामा पानीको वहाव बढेका कारण उक्त सडक खण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

गएरातिदेखि निरन्तर रुपमा पानी परेकालेखोलामा पानीको वहाव बढेको र करिडोरमा पहिरो खसेको सारुले बताउनुभयो । पानी परिराखेकाले पहिरो पन्छाउन समय लाग्ने उहाँको भनाइ छ ।

गुल्मीदरबारको शिविरबाट रुपन्देहीमा २७४ जनाले सेवा लिए

0

तिलाचन पाण्डे
साउन २८,२०८२ गुल्मीः गुल्मीदरबार गाउँपालिकाले तीन दिनसम्म रुपन्देहीमा सञ्चालन गरेको शिविरबाट २७४ जनाले सेवा लिएका छन् ।

पालिकाभित्रका नागरिकहरु रुपन्देही आसपास र बुटवल सहरमा बढी बसोबास गर्दै आएकाले उनीहरुलाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविरको माध्यमबाट सेवा प्रवाह गरेको पालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाका अनुसार गुल्मीदरबार स्थायी घर भइ रुपन्देही आसपासमा बस्दै आएका वृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नकालागि गाउँ जान समस्या हुने भएकाले तीन दिनको शिविरको आयोजना गरी सेवा प्रवाह गरेको बताउनुभयो ।

साउन २५ गतेदेखि २७ गतेसम्म २७४ जनाको सामाजिक सुरक्षाभत्ता नवकरण भएको उहाले बताउनुभयो। पालिकाभित्रका नागरिकहरुको सेवाकालागि नै आफूहरु निर्वाचित भएको बताउँदै स्थानीय सरकारको जनताले अनुभूती हुने गरी आफूहरुले काम गर्ने उहाँको भनाइ छ ।


रुपन्देहीबाटै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पाएकोमा सेवाग्राहीहरुले खुसी ब्यक्त गरेका छन् ।

पाल्पामा कुटपिटबाट रामबहादुरको मृत्यु

0

साउन २७,२०८२ पाल्पा : पाल्पामा कुटपिटबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–७, पालुङ्मैनादीका ४० वर्षका रामबहादुर अर्घाली रहेको प्रहरीले जनाएको छ ।

गत साउन २३ गते स्थानीय भुपिन्द्र खाम्चा र अर्घालीबीच सामान्य विवाद खाम्चाले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका अर्घालीलाई २५ गते तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । साउन २६ गते उपचारपछि अर्घाली आफूखुसी घर फर्किएकोमा सोही दिन राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्घालीको मृत्युपछि खाम्चालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कमल प्रधानले जानकारी दिनुभयो ।

घट्यो सुनको मूल्य

0

साउन २६,२०८२ काठमाडौँ : सोमबार सुनको भाउ एक हजार एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुनको भाउ तोलाको १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि, यही साउन २० गते सुनको मूल्य १ लाख ९८ हजार पाँच सय रुपैयाँमा झरेको थियो।

सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार, चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको २ हजार ३१५ रुपैयाँमा पुगेको छ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

0

साउन २५,२०८२ नवलपरासी : नवलपुरको गैँडाकोटमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

गैँडाकोटबाट कावासोतीतर्फ जाँदैँ गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक कावासोती वडा नं। ३ का दुलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। ट्रकमा सवार अर्का एक जनाको भने पहिचान हुन नसकेको नेपालले बताउनुभयो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

0

साउन २५,२०८२ : दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गए राती तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–१८, दूधारास नजिकै ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५, लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै, लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ निवासी २७ वर्षीय नवराज पौडेल घाइते भएको प्रहरीले जनाएको छ । पौडेलको दुबै हात, खुट्टा, टाउको तथा छातीमा चोट लागेको छ।

सोही मोटरसाइकलमा सवार १८ वर्षीय रोशन पण्डित पनि घाइते भएका छन्। बारा, विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बसोबास गर्दै आएका पण्डितको दुबै हातखुट्टा, टाउको र मुखमा चोट लागेको छ।

घाइते पौडेल र पण्डितको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुवै सवारीसाधन अस्थायी प्रहरी चौकी बेलझुण्डीको नियन्त्रणमा रहेका छन् भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

गाइजात्राको अवसरमा रुरुमा आइतबार सार्वजनिक बिदा

0
रुरुक्षेत्र गाउँपालिकाको कार्यालय । तस्विर : तिलाचन पाण्डे

साउन २५,२०८२ गुल्मी : गाइजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरु क्षेत्र गाउँपालिकामा मनाइने सामाजिक तथा साँस्कृतिक पर्व गाईजात्रा भएकाले प्रत्येक वर्ष सार्वजनिक बिदा दिइदैँ आएको बताउनुभयो ।

आइतबार गाउँपालिका भित्रका सम्पूर्ण वडा कार्यालयहरु, संघ संस्था लगायतका कार्यालयहरु बन्द रहने भएका छन् ।

गुल्मीमा बौद्धिक अपांगतासँगै जन्मदिनको आत्मीयता

0

अनिल खत्री
साउन १५,२०८२ गुल्मीः जन्मदिनलाई भव्य भोज वा व्यक्तिगत मनोरञ्जनमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै मनाइएको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी आशिष पौडेलको जन्मदिन यसपटक पनि विशेष ढंगले मनाइएको छ ।

पौडेलको रेसुङ्गा नगरपालिका वडानम्बर–९ मा रहेको बौदीक अपांगता अभिभावक संघ गुल्मीको भवनमा आयोजिक सामुहिक भोजकको कार्यक्रम गरेर मनाइएको हो । पौडेल परिवारले आशिषको जन्मदिनको अवसरमा बौद्धिक अपांगता भएका बालबालिकासँग सामूहिक भोजन कार्यक्रम आयोजना गरेका हुन् ।

उपल्लो तम्घास माविमा अध्ययनरत ती बालबालिकाहरूसँग आत्मीयता पूर्वक भोजन गर्दै जन्मदिनको खुसियाली बाँडिएको हो । पौडेल परिवारले विगतका वर्षहरूमा पनि यस्तै समाजमा सकारात्मक प्रभाव पार्ने खालका गतिविधि गर्दै आएका छन् ।
बौद्धिक अपांगता भएका बालबालिकाप्रति देखाइएको सम्मान र माया उदाहरणीय बनेको छ । कार्यक्रमले मानवता, समर्पण र सामाजिक चेतनाको सन्देश दिएको छ ।

कार्यक्रममा समाजसेवी मानबहादुर श्रेष्ठले बौदीक अपांगता अभिभावक संघ गुल्मीका लागि १ लाख ५ सय रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष स्थापना उनले भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले अपांगता भएका बालबालिकाहरूका लागि सामाजिक सेवा सबैको दायित्व भएको बताए ।

त्यस्तै, रेसुङ्गा नगरपालिका वडानम्बर–१ का वडाध्यक्ष रामप्रसाद पन्थीलेले पनि बौद्धिक अपांगता भएका बालबालिकाका लागि वडाको तर्फबाट १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । उनले यस्तो कार्यक्रममा वडाको तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा बौद्धिक अपांगता अभिभावक संघ गुल्मीका सल्लाहकार मेघलाल पाण्डे, रेसुङ्गा वडानम्बर–१ का वडाध्यक्ष रामप्रसाद पन्थी, वडानम्बर–९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डे, समाजसेवी मानबहादुर श्रेष्ठ, संघका केन्द्रीय सदस्य यमलाल मरासिनी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै यस्तो सकारात्मक कार्यप्रति प्रशंसा व्यक्त गरे ।

कार्यक्रमले अपांगता भएका व्यक्तिप्रतिको सम्मान र जन्मदिन जस्तो व्यक्तिगत दिनलाई पनि सामूहिक खुसी र सहकार्यमा बदल्न सकिने प्रेरणा दिएको बौद्धिक अपांगता अभिभावक संघ गुल्मीका अध्यक्ष राजकुमार कक्षपतिले बताए ।

जन्मदिनलाई सामाजिक सेवाको अवसर बनाउँदै पौडेल परिवारले देखाएको उदाहरण अरूका लागि पनि अनुकरणीय बन्ने अपेक्षा गरिएको उनले बताए । संस्थामा पछिल्लो समय यसरी जन्मदिनको फजुल खर्च कटाएर मनाउने प्रचलन बढ्दै गएको छ ।

नदीमा हाम फालेका दुईजना बेपत्ता

0

साउन १४,२०८२ नवलपरासी : नारायणी नदीमा हाम फालेका दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैँडाकोट नगरपालिका–५ कुसमुघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस वडा नम्बर १ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी नदीमा हाम फालेर बेपत्ता भएका हुन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले दुबैको खोजी कार्य जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । श्रेष्ठले साइकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेको प्रहरीको भनाइ छ ।

कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आदेशले बिहानै घरबाट कसैलाई केही नभनी निस्केका प्रहरी नायब उपरीक्षक मधु नेपालले बबताए ।