
साउन २५,२०८२ नवलपरासी : नवलपुरको गैँडाकोटमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
गैँडाकोटबाट कावासोतीतर्फ जाँदैँ गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक कावासोती वडा नं। ३ का दुलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। ट्रकमा सवार अर्का एक जनाको भने पहिचान हुन नसकेको नेपालले बताउनुभयो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






