
साउन २६,२०८२ काठमाडौँ : सोमबार सुनको भाउ एक हजार एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको भाउ तोलाको १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि, यही साउन २० गते सुनको मूल्य १ लाख ९८ हजार पाँच सय रुपैयाँमा झरेको थियो।
सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार, चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको २ हजार ३१५ रुपैयाँमा पुगेको छ।






