पहिरोका कारण कालीगण्डकी करिडोर र रुद्धवेनी– वामी सडक अवरुद्ध

0
104

तिलाचन पाण्डे
साउन २८,२०८२ गुल्मीः अबिरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको कालीगण्डकी करिडोर र रुद्धवेनी– वामी सडक अवरुद्ध भएको छ।

कालीगण्डकी करिडोरको रिडी– पुर्तिघाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्वर दुईको राक्सेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

यस्तै रुद्धवेनी – वामी सडक खण्डको सत्यवती गाउँपालिका वडा नम्वर ६ को डहरे खोलामा पानीको वहाव बढेका कारण उक्त सडक खण्ड पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

गएरातिदेखि निरन्तर रुपमा पानी परेकालेखोलामा पानीको वहाव बढेको र करिडोरमा पहिरो खसेको सारुले बताउनुभयो । पानी परिराखेकाले पहिरो पन्छाउन समय लाग्ने उहाँको भनाइ छ ।

SHARE