
तिलाचन पाण्डे
साउन २८,२०८२ गुल्मीः गुल्मीदरबार गाउँपालिकाले तीन दिनसम्म रुपन्देहीमा सञ्चालन गरेको शिविरबाट २७४ जनाले सेवा लिएका छन् ।
पालिकाभित्रका नागरिकहरु रुपन्देही आसपास र बुटवल सहरमा बढी बसोबास गर्दै आएकाले उनीहरुलाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविरको माध्यमबाट सेवा प्रवाह गरेको पालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाका अनुसार गुल्मीदरबार स्थायी घर भइ रुपन्देही आसपासमा बस्दै आएका वृद्धबृद्धाहरुलाई सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नकालागि गाउँ जान समस्या हुने भएकाले तीन दिनको शिविरको आयोजना गरी सेवा प्रवाह गरेको बताउनुभयो ।

साउन २५ गतेदेखि २७ गतेसम्म २७४ जनाको सामाजिक सुरक्षाभत्ता नवकरण भएको उहाले बताउनुभयो। पालिकाभित्रका नागरिकहरुको सेवाकालागि नै आफूहरु निर्वाचित भएको बताउँदै स्थानीय सरकारको जनताले अनुभूती हुने गरी आफूहरुले काम गर्ने उहाँको भनाइ छ ।

रुपन्देहीबाटै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पाएकोमा सेवाग्राहीहरुले खुसी ब्यक्त गरेका छन् ।






