
साउन २५,२०८२ गुल्मी : गाइजात्राको अवसरमा रुरुक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरु क्षेत्र गाउँपालिकामा मनाइने सामाजिक तथा साँस्कृतिक पर्व गाईजात्रा भएकाले प्रत्येक वर्ष सार्वजनिक बिदा दिइदैँ आएको बताउनुभयो ।
आइतबार गाउँपालिका भित्रका सम्पूर्ण वडा कार्यालयहरु, संघ संस्था लगायतका कार्यालयहरु बन्द रहने भएका छन् ।







