मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

0
125

साउन २५,२०८२ : दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

गए राती तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–१८, दूधारास नजिकै ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका–५, लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

त्यस्तै, लु प्र ०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ निवासी २७ वर्षीय नवराज पौडेल घाइते भएको प्रहरीले जनाएको छ । पौडेलको दुबै हात, खुट्टा, टाउको तथा छातीमा चोट लागेको छ।

सोही मोटरसाइकलमा सवार १८ वर्षीय रोशन पण्डित पनि घाइते भएका छन्। बारा, विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बसोबास गर्दै आएका पण्डितको दुबै हातखुट्टा, टाउको र मुखमा चोट लागेको छ।

घाइते पौडेल र पण्डितको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुवै सवारीसाधन अस्थायी प्रहरी चौकी बेलझुण्डीको नियन्त्रणमा रहेका छन् भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

SHARE