अकलादेवी मन्दिरमा चोरी गर्ने दुई जना पक्राउ

0
17

साउन ९,२०८३ स्याङ्जाः स्याङ्जाको वालिङ नगरपालिका–१२ गुरुङ्खास्थित प्रसिद्ध अकलादेवी मन्दिरमा चोरी गर्ने दुई युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्।

मन्दिरको दानपेटिका फुटाई नगद चोरी गरी भाग्न लागेका उनीहरूलाई स्थानीयले देखेपछि नियन्त्रणमा लिएका थिए। त्यसपछि स्थानीयले उनीहरूलाई प्रहरीको जिम्मा लगाएको वालिङ नगरपालिका–१२ का वडा सदस्य धर्मागत पराजुलीले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पक्राउ पर्ने दुवै जना गल्याङ नगरपालिका–६ पिँडीखोला, रामिडाँडा स्थायी घर भई हाल नवलपरासीको भुताहामा बस्दै आएका हुन्।

उनीहरूको साथबाट चोरी गरिएको २१ हजार ९७० रुपियाँ नगद र हरियो गाँजा बरामद भएको जिल्ला प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE