
साउन ९,२०८३ पाल्पा : पाल्पाको बगनासकाली गाउँपालिका–६ बेल्टारीस्थित कालीगण्डकी नदी किनारमा पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अन्दाजी ५५ वर्ष काउमेरका पुरुषको शव नदी किनारमा फेला परेको हो ।
शव फेला परेको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शरीरमा कुनै कपडा नभएको, बायाँ हातमा घडी रहेको र शव फुलिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाएको छ । मृतकको पहिचान र घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












