पाल्पामा टिप्पर दुर्घटनाहुँदा चालकको मृत्यु

0
14

साउन ७,२०८३ पाल्पा : पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ–३, सिसुवा निवासी ३५ वर्षीय टिप्पर चालक हेमबहादुर लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

बुधबार राति करिब ११ बजे बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु २ ख १७१९ नम्बरको टिप्पर सिद्धार्थ राजमार्गबाट करिब १५० मिटर तल खोलामा खसेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका लम्तरीलाई उपचारका लागि बुटवलस्थित मर्सिसिटी अस्पताल लगिएको थियो। उहाँको उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

SHARE