
असार १८,२०८३ जुम्ला : जुम्लामा बुधबार साँझ परेको चट्याङमा परी हिमा गाउँपालिका–२ का १९ वर्षीय रवीन्द्र रावतको घटनास्थलमै ज्यान गएको छ ।
स्थानीय छोटा खर्क पाटनमा बुधबार साँझ एनसेल टावर नजिक परेको चट्याङमा भेडा गोठालो गएका रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।
चट्याङ लागेर सोही वडाका २० वर्षीय बलबहादुर रोकाया र ३५ वर्षीय जगत रोकाया घाइते भएका भएका छन् । घाइतेक दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चट्याङमा परी केही भेडाबाख्रा मरेको भए पनि सङ्ख्या भने यकिन नभएकाले त्यसबारे अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको जनाइएको छ ।











