पाल्पाकी सारु बेपत्ता

0
20

असोज १०,२०८३ पाल्पा : पहिरोमा परी पाल्पामकी एक महिला बेपत्ता हुनुभएको छ । दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा रिव्दीकोट–६, गोलखानकी ५९ वर्षीया विष्णुकुमारी सारु बेपत्ता हुनुभएको हो ।

शुक्रबार दिउँसो घरमै बसेको अवस्थामा माथिबाट आएको पहिरोले घर बगाउँदा उहाँ बेपत्ता हुनुभएको वडाध्यक्ष प्रकाश रायमाझीले जानकारी दिनुभयो । उहाँको खोजी कार्य भइरहेको छ ।

SHARE