रिक्साको ठक्करबाट पैदलयात्रु ठाकुरको मृत्यु

0
18

भदौ २१,२०८३ सर्लाही : सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी बजारमा इ–रिक्साको ठक्करबाट एक पैदल यात्रु महिलाको मृत्यु भएको छ ।

नवलपुर–मलङ्गवा सडकखण्डमा पर्ने कविलासी बजारमा शनिबार साँझ मधेश प्रदेश ०४–००१ ह ०६९७ नम्वरको इ–रिक्साले ठक्कर दिँदा पैदलयात्रु सोही ठाउँकी ६० वर्षीया स्वागवती ठाकुरको मृत्यु भएको हो ।

नवलपुरबाट कविलासीतर्फ जाँदै गरेको इ–रिक्साले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको ठाकुरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

SHARE