तिनाउमा डुबेर भारतीय नागरिकको मृत्यु

0
15

भदौ १४,२०८३ पाल्पा : पौडी खेल्ने क्रममा डुवे्र पाल्पाको तिनाउ नदीमा एक जना भारतीय युवकको मृत्यु भएको छ ।

पाल्पाको तिनाउ–३, स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा भारत उत्तरप्रदेश इटवा सिद्धार्थनगर बस्ने २१ वर्षीय प्रभास सोनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

भारतबाट तीनजना साथीसँगै नेपाल घुम्न आउनुभएका सोनी नदीमा पौडी खेल्ने क्रममा अचानक नदीको बहाब बढ्न जाँदा बेपत्ता हुनुभएको थियो ।

बेपत्ता हुनुभएका सोनीको खोजी गर्नेक्रममा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका –१३, उजालापुरस्थित तिनाउ नदी किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

SHARE