
साउन २४,२०८३ दाङ: तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुकोज्यान गएको छ ।
शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्य चौकीको रा १ झ २११ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
तुलसीपुर–९ निवासी अनिल पुनका डेढ महिने शिशुलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको परिवारले जनाएको छ ।












