
साउन २४,२०८३ कपिलबस्तुः कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंह मृत अवस्थामा भेटिनुभएको छ ।
गत शुक्रबारदेखि बेपत्ता सिंहको शव आइतबार जङ्गल क्षेत्रमा मोटरसाइकल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार प्रहरीसहितको टोलीले खोजी गर्ने क्रममा सिंहको शव फेला परेको हो । उहाँले प्रयोग गर्दै आउनुभएको मोटरसाइकल भने शनिबार नै फेला परेको थियो । मोटरसाइकल भेटिए पनि सिंहको अवस्था अज्ञात रहेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












