अज्ञात सवारीको ठक्करबाट रानाको ज्यान गयो

0
22

असार १८,२०८३ नवलपरासी : नवलपरासीको बर्दघाट सुस्ता पूर्व कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी वर्ष २३ का तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उहाँलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि लगेको थियो ।

टाउको र निधारमा गम्भीर चोट लागेका राना मगरलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको र उपचारकै क्रममा बिहान चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा संलग्न अज्ञात सवारीसाधनको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

SHARE