बढ्यो सुनको मूल्य

0
67

असार १४,२०८३ काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा चार हजार ७०० र चाँदी १४५ रुपियाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुन दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ रुपियाँ कायम भएको छ।

गत शुक्रबार एक तोला सुन दुई लाख ७९ हजार १०० र चाँदी चार हजार १८० रुपियाँमा कारोबार भएको थियो ।

SHARE