Thursday, June 4, 2026

गुल्मीमा छोराले गरे बाबुको हत्या

0

गुल्मी १६,कात्तिक । गुल्मीमा आफनै छोराले बाबुको हत्या गरेका छन् ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्वर तीन म्यालेका ५२ वर्षीय धनबहादुर बिकलाई निजका छोरा २३ वर्षीय छोरा भोटबहादुर बिकले धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कुटपिटबाट ४८ वर्षीय आमा दिलमाया बिक गम्भीर घाइते भएको र निजको उपचार लुम्बिनी प्रादेशीक अस्पताल रुपन्देहीमा भएको प्रहरीले जनाएको छ । छोरा टोपबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

निजको मानसीक अवस्था ठिक नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

0

कात्तिक १४,२०८२ चितवन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उहाँले बताउनुभयो ।

सोलुको लोबुचेमा हेलिकप्टर दुर्घटना

0

कात्तिक १२,२०८२ काठमाडौँ : सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाईन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएयर दुर्घटना भएको हो । पाईलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोजित कुँवरले बताउनुभयो ।

विहान ८ः १५ मा हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले बताउनभयो।

झण्डै तीन हजारले घटयो सुनको मूल्य

0

कात्तिक ११,२०८२ काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेकोमा मंगलबार घटेर २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँ निर्धारण गरिएको छ ।

सोमबार दिउँसो घाँस काट्न गएकी कमला बेपत्ता

0

कात्तिक ११,२०८२ बर्दिया : घाँस काट्न घरबाट हिडनु भएकी बर्दियाको मधुवन नगरपालिका– ३ भगरैयाकी ४५ वर्षीया कमला नेपाली घर फर्किनुभएकी छैन ।

सोमबार दिउँसो भगरैया सामुदायीक वनमा जानुभएको नेपाली साँझसम्म घर नफर्केपछि खोजी सुरु भएको छ ।

नेपाली घाँस लिएर घर नर्फकेपछि सोमबार साँझदेखि खोजी सुरु भएको मधुवन नगरपालिका– ३ का वडाध्यक्ष नारायण मल्लले बताउनुभयो । उहाँका अनुसार प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयवासी लगायतको टोलीले खोजी गरिरहेको छ ।

सो क्षेत्रमा पाटेबाघको गतिविधि देखिएको स्थानीयले बताएका छन् ।

पूर्वी नेपालमा भूकम्प

0

कात्तिक ११,२०८२ काठमाडौँ : पूर्वी नेपालको संखुवासभा जिल्लाको किमाथांका क्षेत्र (नेपाल–चीन सीमा नजिक) केन्द्रबिन्दु भएर बिहान बजे ४दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।

नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको स्थानीय परिमाण ४दशमलव ३ रहेको हो । केन्द्रबिन्दु संखुवासभाको किमाथांका आसपास, तिब्बत सीमाक्षेत्रमा रहेको बताइएको छ ।

हालसम्म कुनै ठुलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का धक्का महसुस गरिएको स्थानीयवासीहरूले बताएका छन् । गोरखापत्र अनलाइन

दुई हजारले घट्यो सुनको मूल्य

0

कात्तिक १०,२०८२ काठमाडौँ : आज सुनको मूल्य प्रतितोला दुई हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोवार भएको छ ।

हिजो सुनको मूल्य तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको थियो ।

तोलामा झण्डै १२ हजारले घट्यो सुन

0

कात्तिक ९,२०८२ काठमाडौँ : सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जसअनुसार तिहारअघि कात्तिक ३ गतेको तुलनामा तोलामा ११ हजार छ सय रुपैयाँले मूल्य घटेको हो ।

महासंघले तिहारपछि पहिलो पटक आइतबार सुनको मूल्य समायोजन गरेको हो ।

तिहारअघि प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ सार्वजनिक बिदाका कारण केही दिन यथावत् रहेको थियो ।

गुल्मीमा ट्याक्टर दुर्घटनाः सहचालकको ज्यान गयो

0

कात्तिक ९,२०८२ गुल्मीः गुल्मीमा गएराती ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार जिल्लाको मदाने गाउँपालिका वडा नम्वर एक अग्लुङफेदीबाट पैयापाटा जादैँ गरेको रा १ त ३५०२ नम्वरको ट्याक्टरको ब्रेक फेल भएको जानकारी पाउनासाथ हाम फल्दा १९ वर्षीय मेघराज पुनको घटनास्थलमै ज्यान गएको हो । पुनको स्थायी ठेगाना प्युठान जिल्ला गौमुखी तीन रजवार रहेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

गुल्मीमा राहदानीबाट मात्रै २० लाख बढी राजस्व संकलन

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

कात्तिक ४,२०८२ गुल्मीः गुल्मीमा एक हप्ताको समय अवधिमा राहदानीबाट मात्रै २० लाख बढी राजस्व संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म ४०६ जनाको राहदानीका लागि आवेदन संकलन हुँदा २० लाख ४७ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।

यस्तै २६ वटा संस्था दर्ता तथा नविकरणबाट १३ हजार, राष्ट्रिय परिचयपत्रबाट १९ हजार गरी कुल २० लाख ७९ हजार पाँच सय रुपियाँ राजस्व संकलन भएको हो ।

यस्तै एक हप्ताको समय अवधिमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता ४९८, प्रतिलिपि २३९, नावलक परिचयपत्र ४९, राहदानीको आवेदन संकलन ४०६, राहदानी वितरण १२८, राष्ट्रिय परिचयपत्रको आवेदन संकलन एक हजार ६१, राष्ट्रिय परिचयपत्र वितरण ८८०,दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित २६ र मतदाता नामावली दर्ता ७०३ जनाले गरेका छन् ।