झण्डै तीन हजारले घटयो सुनको मूल्य

0
97

कात्तिक ११,२०८२ काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ रहेकोमा मंगलबार घटेर २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार मंगलबार १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँ निर्धारण गरिएको छ ।

SHARE