
कात्तिक ११,२०८२ काठमाडौँ : पूर्वी नेपालको संखुवासभा जिल्लाको किमाथांका क्षेत्र (नेपाल–चीन सीमा नजिक) केन्द्रबिन्दु भएर बिहान बजे ४दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ ।
नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको स्थानीय परिमाण ४दशमलव ३ रहेको हो । केन्द्रबिन्दु संखुवासभाको किमाथांका आसपास, तिब्बत सीमाक्षेत्रमा रहेको बताइएको छ ।
हालसम्म कुनै ठुलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का धक्का महसुस गरिएको स्थानीयवासीहरूले बताएका छन् । गोरखापत्र अनलाइन







