गुल्मीमा ट्याक्टर दुर्घटनाः सहचालकको ज्यान गयो

0
81

कात्तिक ९,२०८२ गुल्मीः गुल्मीमा गएराती ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुका अनुसार जिल्लाको मदाने गाउँपालिका वडा नम्वर एक अग्लुङफेदीबाट पैयापाटा जादैँ गरेको रा १ त ३५०२ नम्वरको ट्याक्टरको ब्रेक फेल भएको जानकारी पाउनासाथ हाम फल्दा १९ वर्षीय मेघराज पुनको घटनास्थलमै ज्यान गएको हो । पुनको स्थायी ठेगाना प्युठान जिल्ला गौमुखी तीन रजवार रहेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE