
कात्तिक ९,२०८२ काठमाडौँ : सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जसअनुसार तिहारअघि कात्तिक ३ गतेको तुलनामा तोलामा ११ हजार छ सय रुपैयाँले मूल्य घटेको हो ।
महासंघले तिहारपछि पहिलो पटक आइतबार सुनको मूल्य समायोजन गरेको हो ।

तिहारअघि प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ सार्वजनिक बिदाका कारण केही दिन यथावत् रहेको थियो ।






