
कात्तिक १०,२०८२ काठमाडौँ : आज सुनको मूल्य प्रतितोला दुई हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोवार भएको छ ।
हिजो सुनको मूल्य तोलामा दुई लाख ४१ हजार ९०० रुपैयाँ निर्धारण गरिएको थियो ।







