Thursday, June 4, 2026

स्थानीयको उत्साहका विच स्थायी राजधानीबाट औपचारिक कार्य शुभारम्भ

0

दिवाकर पोख्रेल
पुस १,२०७९ देउखुरी : प्रदेशसभाबाट निर्णय भई स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङ तोकीएको लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानीबाटै औपचारिक रुपमा कार्य शुभारम्भ गरेको छ । राप्ती उपत्यकाको मसुरीयामा रहेको मुख्यमन्त्रीको कार्यालय क्षेत्रमा बृहत् कार्यक्रमको आयोजना गरी प्रदेश राजधानी स्थान्तरण कार्यले औपचारिकता पाएको छ ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट सेवा प्रारम्भ एवम् मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको झन्डत्तोलन गरेपछि राजधानी स्थान्तरण कार्यले औपचारिकता पाएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुधबारको भव्य सामारोहले प्रदेशसभाको महत्वपुर्ण निर्णय कार्यान्वयन भएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख शेरचनले प्रदेश सरकार र मुख्यमन्त्रीको कार्यालयबाट राजधानी स्थायी राजधानीमा ल्याई सेवा प्ररारम्भ थालेको प्रर्ति सरकारलाई धन्यवाद समेत दिनुभयो ।

उहाँले भन्नुभयो,‘अब लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनको सवालले औपचारिकता पाएको छ, सरकारले प्रदेश सभाको महत्वपुर्ण निर्णय लागु गर्न सफल पनि भएको छ ।’ राजधानी कार्यान्वयनको सवालसंगै चुनौती पनि रहेको भन्दै प्रदेश प्रमुख शेरचनले सबैको भावना समेटेर अनुचित लाभ त्यागेर समृद्धिको दिशामा अघि बढ्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म सबैलाई विनम्र अनुरोध गर्दछु राजधानी आयो भनेर जग्गाको मोलमोलाई बढाउने र अनुचित लाभ लिन खोज्ने पनि हुन सक्छ यसले राजधानीको पूर्ण कार्यान्वयनमा चुनौती थप्छ सबै सजक बन्नुहोला ।’


यस्तै कार्यक्रममा निवर्तमान सभामुख पूर्णवहादुर घर्तिले लुम्बिनी प्रदेशको राजधानी नयाँ ठाउँ राप्ती उपत्यका देउखुरीमा राख्ने निर्णयले सबैको भावना समेटेको भन्दै अब सबै एकभएर यसलाई पूर्ण कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नुभयो । बैधानिक हिसावले राजधानी सम्बन्धि निर्णय भएकोले यसमा अनावश्यक विवाद आवश्यक नरहेको उहाँको भनाइ थियो ।

यस्तै लुम्बिनी प्रदेशका मुख्य सचिव डा.दिपक काफ्लेले राजधानी सम्बन्धि निर्णय प्रदेशसभाबाट पारित भएको र सरकारले कार्यान्वयन गरेकाले यसको पूर्ण कार्यान्यनमा कर्मचारीले दायित्व भएको बताउनुभयो । उहाँले राजधानीको लागि आवश्यक सबै पूर्वाधारयुक्त क्षेत्र रहेकाले यस्मा कार्यान्वयनमा समस्या नै नरहेको बताउनुभयो । यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य जनसख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा स्थान्तरण गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद एवं बधाई ज्ञापन गर्नुभयो । उहाँले प्रदेश राजधानीको विषयमा आनावश्यक विवाद गरेर कार्यान्वयनमा आउदैन वा फेरी राजधानी अस्थायी मुकामै जान्छ भन्नु गलत भएको बताउनुभयो ।कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री कुलप्रसाद केसीले गर्नुभएको थियो ।


समारोहमा दाङ देउखुरीकाका स्थानीयले कला संस्कृति देखीने २० वटा भन्दा झाँकी प्रस्तुत गरिएको थियो । नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेश नम्बर ५ को प्रदेशसभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुइ तिहाई बहुमतबाट २०७७ अशौज २० गते राप्ती उयत्यका देउखुरीलाई प्रदेश नम्बर ५ को राजधानी र नेपालको संविधानको धारा २०५ को उपधारा २ बमोजिम प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश नामाकरण गरिएको थियो ।

प्रदेशसभाबाट लामो समय समम पारित भएपनि लामो समय स्थायी राजधानी स्थान्तरण हुन नसकेको गुनासो आएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीकै सmित्रयतामा मुख्यमन्त्री तथा मन्त्रीपषिददको कार्यालय अस्थायी मुकाम बुटवलबाट देउखुरीमा स्थान्तरण गरिएको थियो । देउखुरी स्थित राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा प्रदेशसभाको भवन निर्माण गरिएको छ । मन्त्रालयहरू बसाल्नका लागि राप्ती प्राविधिक शिक्षालयलाई गढवामा स्थानान्तरण गरिएको छ ।

१८ विघा क्षेत्रफलमा रहेको राप्ती प्राविधिक शिक्षालयको परिसरमा ४० बढी साना–ठूला भवनहरू छन् । यही परिसर भित्र प्रदेश सरकारले राजधानीको प्रशासनिक केन्द्र निर्माण गरिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार प्रशासनिक परिसरभित्र प्रदेशसभा भवन, प्रदेशसभा सचिवालय र प्रदेश सरकारका मन्त्रालयहरू रहनेछन् ।

मुख्यमन्त्री र मन्त्रीपरिषद्का कार्यालयसहित आठ वटा मन्त्रालय यहाँ राखिनेछ । अन्य भने मन्त्रालय भने परिसर बाहिर राखिने छ । त्यस्तै संसदीय दलको कार्यालय पनि राखिने प्रदेश पूर्वाधार प्राधिकरणले जनाएको छ । यसअघि दाङमा पर्यटन ग्रामीण तथा सहरी विकास र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्थानान्तरण गरिएको थियो ।

 

रामतुलसी माविमा दिप प्रज्वलन

0

सुशीला रेग्मी
पुस १,२०७९ पाल्पा : पाल्पाको नमुना विद्यालयका रुपमा रहेको रामतुलसी माध्यमिक विद्यालयमा  विहीवार साँझ दिप प्रज्वलन गरिएको छ ।

 

विद्यालयको ५५ औँ वार्षिकोत्सवको अवसरमा विहिवार साँझ पूर्वसन्ध्यामा विद्यालय परिसरमा दिप प्रज्वलन गरिएको हो । सो कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेल, प्रधानाध्यापक बालकृष्ण लम्साल, समितिका पदाधिकारी, शिक्षक कर्मचारी, पत्रकार, विद्यार्थीको सहभागीतामा दिप प्रज्वलन गरिएको छ ।

 

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यालयको प्रवेशद्धारमा दिप प्रज्वलन गर्नुहुदै शैक्षिक क्षेत्रमा रामतुलसी मावि अब्बल रहेको बताउनुहुदै शैक्षिक सफलताको कामना गर्नुभयो ।

 

रामतुलसी माविको प्राङ्गण बेहुलीझै सिंगारिएको छ । पुस १ गते शुक्रवार विद्यालय स्थापनाको ५५ औँ वार्षिकोत्सवको अवसरमा बार्षिकोत्सव बिशेष कार्यक्रम गरेर मनाइदैछ ।

विहीवार विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोषबाट प्राप्त भएका छात्रवृत्ति वितरण तथा विद्यार्थीहरु बीच विविध बौद्धिक शारीरिक प्रतियोगिता, पुरस्कार वितरण कार्यक्रम भएको छ ।

ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

0

मंसिर २७,२०७९ : दाङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दंगीशरण गाउँपालिका–६ का १७ वर्षीय सुदीप चौधरीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

दंगीशरण –३ बबई नदीको एकलीबाट ढुंगा बोकेर सिमठानातर्फ जाँदै गरेको रा १ ब ४५३३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सोमबार बेलुकी ८ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव सम्पन्न, पूर्वशिक्षक र उत्कृष्ट शिक्षकहरु सम्मानित

0

सूर्य सुनार, मंशिर २६ गुल्मी
पृथ्वी माध्यामिक विद्यालयको ६६ औँ बार्षिकोत्सव कार्यक्रम आइतबार सम्पन्न भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ वडागाउँ मैदानमा रहेको पृथ्वी माध्यामिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयले विद्यार्थीहरु बिच आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रम र शिक्षकहरुलाई सम्मान कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर पाण्डेले जानकारी दिए ।
विद्यालयका प्रधानध्यापक चन्द्र बहादुर पाण्डेले शौक्षिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै प्रधानाध्यापक पाण्डेले विद्यालय विभिन्न चुनौतीलाई सामना गर्दै अगाडी बढिरहेको बताए । गुणस्तरिय खानेपानी, शौचालय, खेलमैदान आदीको व्यावस्थापनमा कठिनाइ भएकाले त्यसकालागि पहल गरिदिन सरोकारवाला निकाय संग आग्रह गरे । विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेको त्यसको अनुपातमा भवन र जनशक्तिको व्यवस्थापन गर्नु अबको चुनौती रहेको प्रधानाध्यापक पाण्डेको भनाई छ ।
कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले ६६ औँ वार्षिकोत्सव कार्यक्रमको सफताको शुभकामना व्यक्त गर्दै गुणस्तरिय शिक्षा आज आवश्यकता रहेको हुँदा यस तर्फ सबैको ध्यान जानुपर्ने बताए । विद्यालयमा शिक्षकको समस्या भएको विषय यथार्थ रहेको भन्दै त्यसको समधानको लागि नगरपालिकाको ध्यान गएको बताए ।
विद्यालयले वार्षिकोत्सव कार्यक्रमको अवसरमा निवृत्त शिक्षकलाई सम्मान गरेको छ । पूर्वप्रधानाध्यापक टेकराज अर्याल, दुर्गासूर्यवंशी, शिक्षक गुप्ता कार्की, ढाल बहादुर कार्की, यम बहादुर थापालाई विद्यालयले सम्मान गरेको हो । विद्यालयमा रहेर अन्य ठाउँमा सरुवा भई गएका शिक्षक शारदा खनाल आर्चाय, दुर्गा क्षेत्री, सीता घिमिरे, नमिता सिँह ठकुरी, र विवेक पे्रमी मगरलाई सम्मान गरिएको हो ।
विद्यालयमा रहेर लामो समय सम्म काम गर्ने शिक्षक बावुराम घिमिरे, शिव थापा, उषा घिमिरे सम्मानित भएका हुन् । त्यस्तै विद्यालयले उत्कृष्ट शिक्षकमा टिका घर्ती मगर र सावित्रा थापालाई सम्मान गरेको विद्यालयका प्रधानाध्यापक पाण्डेले बताए । साथै विद्यालयका पूर्वविद्यार्थी प्रकाश घिमिरेलाई पनि विद्यालयले सम्मान गरेको थियो ।
अन्तर सदनात्मक छात्र भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, हाईजम्प प्रतियोगिता ,लंगजम्प प्रतियोगिता, गायन प्रतियोगिता लगायतका कार्यक्रम गरिएको हो । कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, खेलकुद प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुम बहादुर थापाको अध्यक्षता रहेको कार्यक्रमको संचालन शिक्षक बोम बहादुर छन्तेलले गरेका थिए । विद्यालयमा अध्ययनरत साना साना विद्यार्थीहरुले तयार गरेका सांगीतिक प्रस्तुतिहरुले दर्शकहरु लाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

गुल्मीमा १६ वर्षीय किशोरीलाई करणी गरेको आरोपमा २१ वर्षीय युवा पक्राउ

0
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

मंसिर २६,२०७९ गुल्मीःगुल्मीमा १६ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवा पक्राउ परेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नं १ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिकले सोही स्थानकी १६ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

दीपेन्द्रले मंसिर २३ गते राती ८ बजे किशोरीलाई जवरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा पौदी अमराईमा रहेको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

निजलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जवरजस्ती करणीको मुद्धामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

नेफ्स्कुनका केन्द्रीय महासचिव अधिकारीलाई रामपुर साकोसमा स्वागत

0

सुशीला रेग्मी
रामपुर (पाल्पा) मंसिर २५,२०७९ : नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव दामोदर अधिकारीलाई रामपुर वचत तथा ऋण सहकारी संस्थाले स्वागत गरेको छ ।

संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठ, पदाधिकारी, उपसमिति, कर्मचारी सहितले कार्यालयबारे जानकारी लिन आउनुभएका महासचिव अधिकारीलाई फूलमाला तथा खादाले स्वागत गरिएको छ ।

महासचिव अधिकारीले पाल्पाको नाम लिदा यस रामपुर साकोसको नाम धेरै सुनिने गरेको बताउनुहुदै पछिल्लो समय सहकारी अभियानमा सहकारीमा आबद्द भएर सही ठाउँमा ऋण लगानी नहुदा नकारात्मक समाचारहरु आउने गरेको बताउनुभएको छ ।

उहाँले नीति नियममा राम्रो काम गरेर नमुना सहकारी बनाउन शुभकामना दिनुभएको छ । रामपुर साकोसका अध्यक्ष श्रेष्ठले सहकारीले गरेका गतिविधिबारे महासचिव अधिकारीलाई जानकारी गराउनुभएको छ ।

केन्द्रीय महासचिव अधिकारी सहित अन्धकारमुक्ती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने, सचिव ओमप्रकाश बस्याललाई पनि स्वागत गरिएको छ ।


सोही अवसरमा रामपुर वचत तथा ऋण सहकारी संस्थाको बैठक बसेको छ । संस्थाका अध्यक्ष राजप्रसाद श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।

कोषाध्यक्ष भोजराज भट्टराईको स्वागतबाट सुरु भएको बैठकको संचालन संस्थाका सचिव लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । बैठकमा साधारण सभाका सम्बन्धमा छलफल भएको छ । संस्थाको १५ औ वार्षिक साधारण सभा आउदो पुस २३ गते गर्ने निर्णय भएको छ ।

डिजिटल प्रविधिमा ध्यान दिऔँ : केन्द्रीय महासचिव अधिकारी

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), मंसिर २५,२०७९ : नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव दामोदर अधिकारीले कारोबारलाई चुस्त बनाउन डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

अन्धकारमुक्ती वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको निर्णय प्रमाणित सहितको २४ औं साधारण सभाका अवसरमा बोल्दै महासचिव अधिकारीले डिजिटल प्रविधिको प्रयोगमा जोड दिएर काम गरियो भने त्यसले वित्तिय कारोबारमा सहजता ल्याउने बताउनुभयो ।

बैंक तथा अन्य वित्तिय संस्थाको मालिक सिमित व्यक्तिहरु रहने पनि सहकारीको मालिक प्रत्येक शेयर सदस्यहरु भएको बताउँदै सहकारी संस्थालाई अघि बढाउन शेयर सदस्यहरुको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले पूँजीलाई उद्यमशीलतातर्फ लगाउने समय आएको बताउनुभयो ।

पाल्पा जिल्लाभर सेवा क्षेत्र विस्तार गरेको सहकारीले विभिन्न सेवा केन्द्र स्तरीय साधारण सभा मार्फत प्रतिनिधि चयन गरी निर्णय प्रमाणित सहितको साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षता कार्यक्रम भएको हो ।

कार्यक्रममा रामपुर नगरपालिका ७ का वडाध्यक्ष दोवराज तिवारीले पुँजी आर्जनका लागि उद्यमशीलता आवश्यक रहेको बताउँदै सहकारीलाई माथि उठाउन बचत तथा ऋणका कारोबार सहकारीबाटै गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारीका सल्लाहकारहरु सुकदेव पोखरेल, नेत्रप्रसाद भट्टराई, दयाराम भट्टराईले संस्थाले प्राप्त गरेका उपलब्धीहरुले थप उत्साह जगाएको बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका सदस्य कृष्णकुमार अर्याल, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषध्यक्ष विष्णुमाँया ढकाल, रामपुर वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष भोजराज अर्याल, लेखा सुपरिवेक्षण समितिका सदस्य रामप्रसाद ढकाल (रमेश), शेयर सदस्य चिरन्जीवि सिग्देल र गिता जिसीले शुभकामना दिनुभएको छ।

कार्यक्रममा सहकारीका अध्यक्ष सागरप्रसाद देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको सुझाव र सल्लाह अनुसार सहकारीलाई अघि बढाउने बताउनुभयो । संस्थाका उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश बस्यालले गर्नु भएको हो ।

साधारण सभाको अवसरमा सहकारीले ७० वषै पुगेका शेयर सदस्यहरुलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गर्नुका साथै सम्मान गरिएको छ । पूर्व सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको छ ।

सहकारीमा गत असार मसान्त सम्ममा आबद्ध हुने शेयर सदस्यहरुको संख्या १० हजार ६१ पुगेको छ । प्रधान कार्यालय संगै चारवटा सेवाकेन्द्रबाट सेवा प्रवाह गर्दै आएको सहकारी विसं २०५४ मा स्थापना भएको सहकारीले नमुना सहकारीको रुपमा काम गरिरहेको छ ।

 

 

 

 

 

 

 

डोजर दुर्घटनामा दुईको मृत्यु, तीन बेपत्ता

0

मंसिर २४,२०७९ : कालिकोटको फुकोट अर्ध जलाशययुक्त जलविद्युत आयोजनामा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आयोजनाको डोजर भीरबाट खसेर नदीमा पुग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र तीनजना बेपत्ता र तीन जना घाइते भएका कालिकोटका प्रहरी निरीक्षक शुबराज बमले जानकारी दिए।

उनका अनुसार कालिकोट सान्नी त्रिवेणी गाउँपालिका १ का ३० वर्षीय चरित्र सार्की र सोही गाउँपालिका २ का १६ वर्षीय युवराज बुढाको घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, कालिकोटकै अन्दाजी २३ वर्षीय कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षीय उमेश गिरी र १४ वर्षका रक्तिम कार्की बेपत्ता भएका छन्। बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक बमले बताए।

उनका अनुसार बेपत्ता भएका डोजर चालक कमल सोडारीसँग आयोजना घुम्नका लागि पुगेका स्थानीयहरु दुर्घटनामा परेका हुन्।

घाइतेहरु रास्कोट नगरपालिका ७ का २२ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका ११ का १४ वर्षीय विकास भारती र १४ वर्षकै आशिष भारतीको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ।

आज दिउँसो सान्नी त्रिवेणी १ अधेरीखोला स्थित ४८० मेगावाटको फुकोट कर्णाली हाइड्रो पावर निर्माणाधीन सुरुङभित्र पानीको अवस्था चेकजाँच गरी फर्कने क्रममा वाइवा इन्ट्राठेड कम्पनीको जेसीबी कर्णाली करिडोरबाट ८० मिटर तल नदीमा खसेको थियो।

भाडाकै घरमा गुल्मीका पाँच स्थानीय तह

0
चन्द्रकोट क्याम्पसको भवनमा चन्द्रकोट गाउँपालिकाको कार्यालय । तस्विर : खबरमार्केट

गीताकुमारी बस्याल
मंसिर २४,२०७९ गुल्मीः गुल्मीका पाँच स्थानीय तहका कार्यालयहरु भाडाकै भबनमा छन् ।  करोडौ रकम स्थानीय तहको कार्यालय भाडामै खर्च भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका , इश्मा, गुल्मीदरबार ,कालीगण्डकी चन्द्रकोट गाउँपालिका हालसम्म पनि भाडाकै घरबाट सेवा प्रवाह गरेका छन् ।

जिल्लाको इश्मा गाउँपालिकाले २०७४ सालदेखी भाडाकै भवनबाट सेवा प्रवाह गरेको छ । मासिक ३३ हजारका दरले गाउँपालिकाको भवनको भाडा बुझाउँदै आएको गाउँपालिकाका सूचना अधिकारी नारायण महतले जानकारी दिए । साथै वडा नं २ को वडा कार्यालय पनि भाडामा बस्दै आएको उनले बताए ।

 

चन्द्रकोट गाउँपालिकाले स्थापना कालदेखीनै भाडाकै भवनबाट सेवा प्रवाह गरेको छ । गाउँपालिकाले चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गरेको अहिले मासिक ९७ हजार रुपैयाँ क्याम्पसलाई भाडा बुझाउँदै आएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए ।

गुल्मीदरबार गाउँपालिकाले तीन वटा भवनको मासिक ७४ हजार ९५१ मासिक भाडा तिर्ने गरेको सूचना अधिकारी नवराज भण्डारीले जानकारी दिए ।

कालीगण्डकी गाउँपालिकाले २ वटा भवन भाडामा लिएको छ उसले मासिक ९० हजार भाडा तिर्ने गरेको गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर थापाले जानकारी दिए । यस्तै वडा नं १,४ र ७ का वडाहरुपनि भाडामा रहेको गाउँपालिकाले जनाएको छ ।

मुसिकोट नगरपालिकाले २ वटा भवनको मासिक ६२ हजारका दरले भाडा बुझाउँदै आएको सूचना अधिकारी मुना ज्ञवालीले जानकारी दिइन् । यस्तै २,३,४र ७ नम्वरका वडाहरु पनि भाडामै रहेका छन् ।

मुसिकोट नगरपालिका ,धुर्कोट गाउँपालिका ,रुरुक्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका प्रशासकीय भवनहरु निर्माणधिन अवस्थामा रहेका छन् ।

गुल्मी जिल्लामा रेसुङगा नगरपालिकाले आफनै कार्यायबाट सेवा प्रवाह गरेको छ भने मुसिकोट नगरपालिकाको प्रशासकीय भवन पनि निर्माणधिन अवस्थामा छ ।

मदाने गाउँपालिकाले साबिकको गाबिस कार्यालय,मालिकाले गाउँपालिकाको सभाहल ,धुर्कोट गाउँपालिकाले बहुउद्येश्यीय सभाहल, छत्रकोट र सत्यवतीले सभाहलबाट र रुरुक्षेत्र गाउँपालिकाले कृषि सम्पर्क कार्यालयको भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

रुरुक्षेत्र गाउँपालिकाको निर्माणधिन प्रशासकीय भवन । तस्बिर : खबरमार्केट

रुरुक्षेत्र गाउँपालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा रहेको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अर्घाखाँचीमा कार दुर्घटना हुँदा पाँचजना घाइते

0

मंसिर २४,२०७९ अर्घाखाँचीः अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ सीतापुरमा कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

 

शनिबार बिहान साढे ७ बजे तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गरेर फर्किने क्रममा ग ३ च १५७९ नम्बरको कार दुर्घटनामा परेको हो।

 

दुर्घटनामा गम्भीर घाइते भएका दुईसहित तीनजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ। दुईजनाको उपचार ठाडामै भइरहेको छ।