गुल्मीमा १६ वर्षीय किशोरीलाई करणी गरेको आरोपमा २१ वर्षीय युवा पक्राउ

0
124
जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

मंसिर २६,२०७९ गुल्मीःगुल्मीमा १६ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवा पक्राउ परेका छन् ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नं १ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिकले सोही स्थानकी १६ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

दीपेन्द्रले मंसिर २३ गते राती ८ बजे किशोरीलाई जवरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा पौदी अमराईमा रहेको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

निजलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जवरजस्ती करणीको मुद्धामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

SHARE