नेफ्स्कुनका केन्द्रीय महासचिव अधिकारीलाई रामपुर साकोसमा स्वागत

0
186

सुशीला रेग्मी
रामपुर (पाल्पा) मंसिर २५,२०७९ : नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव दामोदर अधिकारीलाई रामपुर वचत तथा ऋण सहकारी संस्थाले स्वागत गरेको छ ।

संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठ, पदाधिकारी, उपसमिति, कर्मचारी सहितले कार्यालयबारे जानकारी लिन आउनुभएका महासचिव अधिकारीलाई फूलमाला तथा खादाले स्वागत गरिएको छ ।

महासचिव अधिकारीले पाल्पाको नाम लिदा यस रामपुर साकोसको नाम धेरै सुनिने गरेको बताउनुहुदै पछिल्लो समय सहकारी अभियानमा सहकारीमा आबद्द भएर सही ठाउँमा ऋण लगानी नहुदा नकारात्मक समाचारहरु आउने गरेको बताउनुभएको छ ।

उहाँले नीति नियममा राम्रो काम गरेर नमुना सहकारी बनाउन शुभकामना दिनुभएको छ । रामपुर साकोसका अध्यक्ष श्रेष्ठले सहकारीले गरेका गतिविधिबारे महासचिव अधिकारीलाई जानकारी गराउनुभएको छ ।

केन्द्रीय महासचिव अधिकारी सहित अन्धकारमुक्ती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने, सचिव ओमप्रकाश बस्याललाई पनि स्वागत गरिएको छ ।


सोही अवसरमा रामपुर वचत तथा ऋण सहकारी संस्थाको बैठक बसेको छ । संस्थाका अध्यक्ष राजप्रसाद श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।

कोषाध्यक्ष भोजराज भट्टराईको स्वागतबाट सुरु भएको बैठकको संचालन संस्थाका सचिव लेखनाथ शर्मा मरासिनीले गर्नुभएको हो । बैठकमा साधारण सभाका सम्बन्धमा छलफल भएको छ । संस्थाको १५ औ वार्षिक साधारण सभा आउदो पुस २३ गते गर्ने निर्णय भएको छ ।

SHARE