डिजिटल प्रविधिमा ध्यान दिऔँ : केन्द्रीय महासचिव अधिकारी

0
178

सुशीला रेग्मी
रामपुर (पाल्पा), मंसिर २५,२०७९ : नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव दामोदर अधिकारीले कारोबारलाई चुस्त बनाउन डिजिटल प्रविधिको प्रयोगमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

अन्धकारमुक्ती वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको निर्णय प्रमाणित सहितको २४ औं साधारण सभाका अवसरमा बोल्दै महासचिव अधिकारीले डिजिटल प्रविधिको प्रयोगमा जोड दिएर काम गरियो भने त्यसले वित्तिय कारोबारमा सहजता ल्याउने बताउनुभयो ।

बैंक तथा अन्य वित्तिय संस्थाको मालिक सिमित व्यक्तिहरु रहने पनि सहकारीको मालिक प्रत्येक शेयर सदस्यहरु भएको बताउँदै सहकारी संस्थालाई अघि बढाउन शेयर सदस्यहरुको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले पूँजीलाई उद्यमशीलतातर्फ लगाउने समय आएको बताउनुभयो ।

पाल्पा जिल्लाभर सेवा क्षेत्र विस्तार गरेको सहकारीले विभिन्न सेवा केन्द्र स्तरीय साधारण सभा मार्फत प्रतिनिधि चयन गरी निर्णय प्रमाणित सहितको साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाको अध्यक्षता कार्यक्रम भएको हो ।

कार्यक्रममा रामपुर नगरपालिका ७ का वडाध्यक्ष दोवराज तिवारीले पुँजी आर्जनका लागि उद्यमशीलता आवश्यक रहेको बताउँदै सहकारीलाई माथि उठाउन बचत तथा ऋणका कारोबार सहकारीबाटै गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहकारीका सल्लाहकारहरु सुकदेव पोखरेल, नेत्रप्रसाद भट्टराई, दयाराम भट्टराईले संस्थाले प्राप्त गरेका उपलब्धीहरुले थप उत्साह जगाएको बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका सदस्य कृष्णकुमार अर्याल, रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषध्यक्ष विष्णुमाँया ढकाल, रामपुर वचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष भोजराज अर्याल, लेखा सुपरिवेक्षण समितिका सदस्य रामप्रसाद ढकाल (रमेश), शेयर सदस्य चिरन्जीवि सिग्देल र गिता जिसीले शुभकामना दिनुभएको छ।

कार्यक्रममा सहकारीका अध्यक्ष सागरप्रसाद देवकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्यहरुको सुझाव र सल्लाह अनुसार सहकारीलाई अघि बढाउने बताउनुभयो । संस्थाका उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपानेको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओमप्रकाश बस्यालले गर्नु भएको हो ।

साधारण सभाको अवसरमा सहकारीले ७० वषै पुगेका शेयर सदस्यहरुलाई मासिक भत्ता उपलब्ध गराउन सुरु गर्नुका साथै सम्मान गरिएको छ । पूर्व सञ्चालक समितिका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको छ ।

सहकारीमा गत असार मसान्त सम्ममा आबद्ध हुने शेयर सदस्यहरुको संख्या १० हजार ६१ पुगेको छ । प्रधान कार्यालय संगै चारवटा सेवाकेन्द्रबाट सेवा प्रवाह गर्दै आएको सहकारी विसं २०५४ मा स्थापना भएको सहकारीले नमुना सहकारीको रुपमा काम गरिरहेको छ ।

 

 

 

 

 

 

 

SHARE