रामतुलसी माविमा दिप प्रज्वलन

0
156

सुशीला रेग्मी
पुस १,२०७९ पाल्पा : पाल्पाको नमुना विद्यालयका रुपमा रहेको रामतुलसी माध्यमिक विद्यालयमा  विहीवार साँझ दिप प्रज्वलन गरिएको छ ।

 

विद्यालयको ५५ औँ वार्षिकोत्सवको अवसरमा विहिवार साँझ पूर्वसन्ध्यामा विद्यालय परिसरमा दिप प्रज्वलन गरिएको हो । सो कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद पौडेल, प्रधानाध्यापक बालकृष्ण लम्साल, समितिका पदाधिकारी, शिक्षक कर्मचारी, पत्रकार, विद्यार्थीको सहभागीतामा दिप प्रज्वलन गरिएको छ ।

 

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले विद्यालयको प्रवेशद्धारमा दिप प्रज्वलन गर्नुहुदै शैक्षिक क्षेत्रमा रामतुलसी मावि अब्बल रहेको बताउनुहुदै शैक्षिक सफलताको कामना गर्नुभयो ।

 

रामतुलसी माविको प्राङ्गण बेहुलीझै सिंगारिएको छ । पुस १ गते शुक्रवार विद्यालय स्थापनाको ५५ औँ वार्षिकोत्सवको अवसरमा बार्षिकोत्सव बिशेष कार्यक्रम गरेर मनाइदैछ ।

विहीवार विद्यालयमा स्थापना भएका विभिन्न अक्षयकोषबाट प्राप्त भएका छात्रवृत्ति वितरण तथा विद्यार्थीहरु बीच विविध बौद्धिक शारीरिक प्रतियोगिता, पुरस्कार वितरण कार्यक्रम भएको छ ।

SHARE