अर्घाखाँचीमा कार दुर्घटना हुँदा पाँचजना घाइते

0
224

मंसिर २४,२०७९ अर्घाखाँचीः अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ सीतापुरमा कार दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

 

शनिबार बिहान साढे ७ बजे तनहुँको आबुखैरेनीबाट सुपा देउराली दर्शन गरेर फर्किने क्रममा ग ३ च १५७९ नम्बरको कार दुर्घटनामा परेको हो।

 

दुर्घटनामा गम्भीर घाइते भएका दुईसहित तीनजनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रेफर गरिएको छ। दुईजनाको उपचार ठाडामै भइरहेको छ।

SHARE