तटबन्ध निर्माणले जोगायो बस्ती, स्थानीय खुशी

0
455

दिवाकर पोख्रेल
भदौ १३,२०७८ दाङ :दाङको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे निवासी सीतादेवि थापा गत वर्षसम्म बर्खायाम आउँदा जाग्राम बस्नुपर्ने बाध्यता थियो ।
घरभित्रै रङसिङ्खोलाको छाल आउँथ्यो । कति बेला भाँडाकुँडा बगाउने डर हुन्थ्यो भने कति बेला परिवार नै बगाएर लैजाने चिन्ताले पिरलिरहन्थ्यो । अहिलेको बर्खा सकिनैलाग्दा त्यो टोलवासीले बर्खाको समस्या झेल्नुपरेन । सबैभन्दा बढी जोखिम मानिने बस्ती जोगाउन तटबन्ध निर्माणपछि यहाँका बस्तीका स्थानीयवासीको राति सुत्ने सपना पूरा भएको छ ।
झण्डै एक किलोमिटर क्षेत्रसम्म तटबन्ध निर्माणपछि यहाँको बस्ती मात्र नभई पूरै गढवा गाउँपालिका वडा नम्बर १ का विभिन्न बस्तीहरु सुरक्षित भएका छ ।
पश्चिम राप्ती रङ्िसङ नदी प्रणाली र पश्चिम राप्ती गुरूङ् खोलाका विभिन्न क्षेत्रमा तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम कम भएको छ । रङसिङ् खोलाले हरेक वर्ष कटान गर्दै आएको वडाका विभिन्न बजार र बस्ती तटबन्ध निर्माणपछि जोगिएको हो ।
हरेक वर्ष नदीले जमीन कटान गर्दै लगेको थियो । वडाका विभिन्न तटबन्ध आवश्यक भएका खोला तथा नदीको घाटमा तटबन्ध निर्माण गरिएको छ । ग्याबियन जालीसहितको तटबन्ध निर्माणपछि यो वर्ष बस्तीको जोखिम घटेको गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बावुराम अधिकारीले बताए ।
राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम अन्तरगतबाट चार करोड, जनताको तटबन्धबाट दुइकरोड र भु–संरक्षण कार्यालय तुलसीपुरबाट ४० लाख गरि जम्मा छ करोड ४० लाख बजेटबाट मानविय बस्ती, टोल संरक्षण र उर्वरता जमिनको भुक्षय रोक्नको लागि एक नम्बर वडाका विभिन्न क्षेत्रमा ग्याबियन जालीसहितको तटबन्ध निर्माण गरिएको वडाध्यक्ष अधिकारीले बताए । हामी निर्वाचित भएर स्थानीय तहमा आइसकेपछि अहिलेसम्मको बजेट हो यो । तटबन्ध निर्माणपछि गाउँका अति विपन्न बस्ती यो वर्ष नदीको जोखिमबाट बचाउन सकिएको वडाध्यक्ष अधिकारीको भनाइ छ ।

तटबन्ध निर्माणपछि रङसिङ् खोला घरभित्र छिर्न पाएन, स्थानीय सीतादेवि थापाले भनिन्, विगतमा रङसिङ् खोला बर्खायाममा घरभित्र पस्थ्यो, यो वर्षदेखि ढुक्क भएर निदाउन पाइएको छ रङसिङ् खोला किनारमा आश्रित हामीहरुको लागि तटबन्ध निर्माणपछि राहत मिलेको छ । हिउँदमा रङसिङ् खोलाको सतह घटे पनि बर्खायाममा उर्लेर आउँछ । पूरै कालकाटे बजार क्षेत्रसम्मै खोलाको जोखिम हुने गरेको थियो ।
वडाध्यक्ष अधिकारीका अनुसार राष्ट्रपति चुरे तराई मधेस कार्यक्रम अन्तरगत चार करोड बजेटबाट पश्चिम राप्ती रङ्सिङ नदी प्रणाली र पश्चिम राप्ती गुरूङ् खोला अन्तरगत पर्ने खहरे खोलाहरू रङ्सिङ्, ददरी, ड्राईनाला, कुन्ता, भालु, गिद्रहवा, गुलरनिया, विभिन्न नदि, खोलमाहरूमा तटबन्ध गरिएको छ ।
यस्तै जनताको तटबन्धबाट विनियोजित दुइकरोड बजेटबाट बौराह खबरे खोला र चमारीखोला, गुलरनिया खोला र भु–संरक्षण कार्यालय तुलसीपुरको ४० लाख बजेटबाट खहरे भालु खोलामा ग्याबियन जालीसहितको तटबन्ध निर्माण गरिएको छ ।

SHARE