पहिरोले वडासदस्य दम्पती पुरिए

0
26
फाइल फोटो

भदौ २३,२०८१सुर्खेत : जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुर्दा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी चलाउने र उनका श्रीमान मानबहादुर चलाउनेलाई पहिरो पुरेको छ।

राति २ बजे आएको पहिरोले पुरिएको मध्ये चलाउनेकी ११ वर्षीया छोरी सम्झना चलाउने घाइते भइ उद्धार गरेर लिम्सास्थित अस्पतालमा ल्याउदै गरेको वडाअध्यक्ष डम्वरबहादुर महताराले जानकारी दिए।

पुरिएका चलाउने दम्पतीलाई घर भित्रबाट निकाल्न नसकिएको उनको भनाइ रहेको छ। प्रहरी विहान ६ बजे घटना स्थल पुगे पनि दम्पतीलाई निकाल्न नसकिएको उनले बताए।

घटना स्थलमा रामीडाडा, नायकवाडा तथा सेपुखोलाबाट प्रहरी खटिएको जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

SHARE