एक हप्ताको समयमा गुल्मीमा नागरिकता भन्दा राहदानी बनाउने बढी

0
58
जिल्ला प्रशासन कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज ५,२०८१ गुल्मीः एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने भन्दा राहदानी बनाउने बढी रहेका छन् ।

८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा २१७ जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता ८५, प्रतिलिपि ६३,गैरआवसीय दुई, नावलक परिचयपत्र दुई, राहदानीका लागि आवेदन २१७ , राहदानी वितरण १९९,राष्ट्रिय परिचयपत्रका लागि आवेदन २५५, परिचयपत्र वितरण १२९, संस्था नविकरण ११ र १२५ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

यस्तै सोही अवधिमा राहदानीबाट ११ लाख दुई हजार पाँच सय रुपियाँ र संस्था नविकरणबाट ४९ हजार गरि ११ लाख ५१ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता ,राहदानी र परिचयपत्र बनाउनेको सङख्यामा वृद्धि हुने अनुमान गरिएको उहाँको भनाइ छ ।

दशै तिहारजस्ता पर्वहरु आएकाले पर्व मनाउन देशका शहर र विदेशबाट पनि आउँदा राहदानी, नागरिकता बनाउनेको सङख्यामा पनि वृद्धि हुने शर्माले बताउनुभयो ।

SHARE