नागरिकता भन्दा राहदानी बनाउने बढी

0
37
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज १३,२०८१ गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउने भन्दा राहदानी बनाउने बढी रहेका छन् ।

१२० जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा २२७ जनाले राहदानीका लागि आवेदन दिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।

गत आइतबार देखी शुक्रबारसम्मको अवधिमा नयाँ नागरिकता १२०, प्रतिलिपि ११६, नावलक परिचयपत्र १२, राहदानीका लागि आवेदन २२७ , राहदानी वितरण ११८,राष्ट्रिय परिचयपत्रका लागि आवेदन ३१६, परिचयपत्र वितरण १५७, संस्था नविकरण ३ र १३२ दलित,जनजाति,पारिवारिक विवरण तथा अन्य प्रमाणित भएको गैरेले बताउनुभयो ।

यस्तै सोही अवधिमा राहदानीबाट १२ लाख २६ हजार पाँच सय रुपियाँ र संस्था नविकरणबाट १५ हजार गरि १२ लाख २६ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको गैरेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता ,राहदानी र परिचयपत्र बनाउनेको सङख्यामा वृद्धि हुने अनुमान गरिएको उहाँको भनाइ छ । दशै तिहारजस्ता पर्वहरु आएकाले पर्व मनाउन देशका शहर र विदेशबाट पनि आउँदा राहदानी, नागरिकता बनाउनेको सङख्यामा पनि वृद्धि हुने गैरेले बताउनुभयो ।

SHARE