गुल्मीदरबार गाउँपालिकामा खादा निषेध

0
45
गुल्मीदरबार गाउँपालिकाको कार्यालय । तस्बिरः तिलाचन पाण्डे

तिलाचन पाण्डे
असोज १३,२०८१ गुल्मीः गुल्मीदरबार गाउँपालिकाले पालिका भित्र खादा निषेध गरेको छ ।

गाउँपालिकाले खादामा मात्रै धेरै रकम खर्च हुने र त्यसको पुनः प्रयोग पनि नहुने भएकाले निषेध गरिएको गाउँपालिकाका अध्यक्ष सरोज थापाले जानकारी दिनुभयो ।

पालिका भित्र हुने जुनसुकै कार्यक्रमहरुमा खादा निषेध गरिएको र स्थानीय उत्पादन फूल, मालालाई भने प्राथमिकता दिएको उहाँको भनाइ छ । बाहिरबाट आउने एउटा खादालाई मात्रै एक सय रुपियाँ पर्ने भएकाले खर्चिलो हुने र त्यसको पुनः प्रयोग पनि नहुने भएकाले निषेध गरिएको थापाले बताउनुभयो । पालिका भित्र स्थानीयले उत्पादन गर्ने फुल मालालाई प्राथमिकता दिने र स्थानीयले नै खादा उत्पादन गरे भने त्यसलाई प्राथमिकता दिने गरी योजना बनाएको उहाँको भनाइ छ ।

पालिका भित्रका नागरिकलाई फूल उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने गरी पालिकाले योजना बनाएकाले फूल उत्पादन र माला बनाउनेलाई पालिकाले सहयोग गर्ने पनि थापाले बताउनुभयो । पालिका भित्रका नागरिकलाई आत्म निर्भर बनाउनका लागि पालिकाले ब्यबवसायीक रुपमा कृषि र पशुपालनका साथै पर्यटनमा पनि जोड दिएको जनाएको छ ।

पछिल्लो समयमा युवाहरु विदेशीने लहर चलेको भन्दै त्यसलाई न्यूनीकरण गर्नका लागि पनि ब्यबसायीक रुपमा कृषि र पशुपालन नै उत्तम विकल्प रहेको थापाको दाबी छ ।

SHARE